Friday 28th August 2026

पछिल्लो २४ घण्टामा २७५३ संक्रमित थपिए, २२०६ जना डिस्चार्ज


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण…

प्रतिकृयाहरू
...