Friday 28th August 2026

कोरोनाका कारण पूर्वसभामुख महरा पत्नी सीताको निधन


तितोपाटी- पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ। महराकी जीवनसंगीनी सीता महराको नर्भिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको छ।

दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्यइएको थियो।

उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो।
२०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी उनी महरासैँगै माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्।
कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।

साभारनागरिकन्युज


सम्बन्धित शीर्षकहरु

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण…

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै…

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय…

प्रतिकृयाहरू
...