Wednesday 28th January 2026

कविताः दुर्गापूजा – लोक छन्द:झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


हिमालकी छोरी बनी जन्मिएकी शैलपुत्री ।
सबै शक्ति संभावना बोकिकन मनैभरी ।
आरधना गरेदेखि मनकामना पूर्ण हुने ।
धनधान्य, आरोज्ञसाथ मोक्ष पनि मिल्दै जाने ।१।🌷🙏🌺

ब्रम्हाचारिणिको रुप दोस्रो दिन दुर्गा गर्छिन् ।
ब्रम्हा जस्तो आचरण तपस्यामा लिन हुन्छिन् ।
पूजा गरेदेखि मिल्ला आयु शक्ति भौतिक सुख ।
चुम्बकीय शक्ति भनी मानिएको दोस्रो रुप ।२।🌷🙏🌺

मस्तकमा घण्टी जस्तै अर्धचन्द्र देखिएको ।
ध्वनी शक्ति मानिकन पूजा आजा गरिएको ।
तेस्रो दिन चन्द्रघंटा चौथो रुप कुष्माण्डाको ।
आदि शक्ति मानिकन पूजा गर्ने गरिएको ।३।🌷🙏🌺

स्कन्दमाता पाँचौ दिन माता स्वरुप मानिएको ।
कुमार अनि कार्तिकेय माता बन्छिन् स्कन्दको ।
छैठौँ रुप कात्यायिनी भनिकन जानिएको ।
कात्यको घर जन्मिनाले कात्यायिनी मानिएको ।४।🌷🙏🌺

महिषासुर बध भयो छैठौँ रुप लिदाँ खेरी ।
सातौँ रुप कालरात्री डर लाग्दो काल सरी ।
महागौरी आठौँ रुप जनहरु भन्ने गर्छन् ।
भद्रकाली भनिकन शरणमा पर्ने गर्छ्न् ।५।🌷🙏🌺

नवौँ दिन सिध्दिदात्री भनिकन मानिएको ।
चण्ड मुण्ड निशुम्भ र शुम्भ दैँत्य मारिएको ।
औजार र साधनहरु यसै दिन हुन्छ पूजा ।
दुवै दिन बलि दिँदा फलफूल दिए अति मजा ।६।🌷🙏🌺

एवं रितले पूजा सकी दशमीको दिन पारी ।
कपालमा जमरा त टीका हुन्छ निधार भरी ।
मान्यजन खोजीकन आशिर्वाद लिँदै डुल्ने ।
ठुलो चाड दशैँ मान्दै मिठा कुरा खाइ भुल्ने ।७।🌷🙏🌺

धन्यवाद!🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...