Sunday 6th July 2025

घटस्थापना – नेपाली लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


घटस्थापनाको सबैमा हार्दिक मंगलमय शुभकामना! 🌷🌺🌼💐🌷

नेपाली हामी विश्वमा नामी मान्दछौँ संस्कार।
अनेक थरी चाड र पर्व मान्दछौँ सालभर।
शरद ऋतु पारेर मौका झुलुक्क देखियो ।
ठुलो र बडो भएको हुँदा वडादशैँ भनियो ।१। 🌷🌺🌼💐🌷

हटेको सारा हिलो र मैलो भवानी पुजेको।
मनमा हर्ष खुशीको वर्षा पानीको रोकियो।
सबैको मुख हँसिलो भयो दशैँको कारण।
कोरोना पाजी आएको हुँदा विषाद मनमा ।२। 🌷🌺🌼💐🌷

आश्विन शुक्ल परेवा तिथी आरम्भ गरिन्छ।
कोजाग्रतको पूर्णिमा तिथी अन्तिम मानिन्छ।
यी पन्ध्र दिन दशैँको नाम पुकार गरेको।
असत्य माथि सत्यको जित भनेर मानेको ।३। 🌷🌺🌼💐🌷

युगमा त्रेता विष्णुले राम अवतार लिनुभो।
दुर्गाको पूजा आरम्भ गरी दशैँमा सिध्दियो।
रावणलाई जितेको दिन बिजयादशमी।
जमरा टीका शिरमा राखी आशिष थापिने ।४। 🌷🌺🌼💐🌷

प्रतिपदाको दिनमा घर कलश थापिन्छ।
घटस्थापना भनेर पनि यसैलाई भनिन्छ।
नवदुर्गाको स्थापना गरी कुनामा कलश।
त्यसैको साथ जमरा राख्ने चलन हाम्रो छ ।५। 🌷🌺🌼💐🌷

आजै हो दिन छाडौँला किन जमरा राखौँला।
दशैँको दिन टिपेर हामी शिरमा लगाउँला।
कोरोना दशैँ घरैमा बसी सबैले मनाउँला।
सेलरोटी साथ कुराउनी केरा खाएर रमाउँला ।६। 🌷🌺🌼💐🌷

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🌺🌼💐🌷


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...