Friday 25th September 2026

नेपालमा आज ३५५६ कोरोना संक्रमणको पुष्टि १ लाख १५ हजार ३३८ पुगे संक्रमित


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ।

हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

आज १५ हजार ५७७ जनाको कोरोना परीक्षण भएको छ। नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या १२ लाख ७ हजार ९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...