Thursday 22nd October 2026

आज २ हजार ७१ जनामा संक्रमणको पुष्टि


तितोपाटी- गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार ४ सय १६ जना काठमाडौं उपत्यकाका हुन् ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये देशभर ३१ हजार ३ सय १५ सक्रिय संक्रमित हुन् ।
त्यस्तै, आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
आज २२ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...