Thursday 22nd October 2026

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण


तितोपाटी- लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान कोरोना रिपोर्ट पोजिटिभ आएपछि मन्त्री केसी निवासमा आइसोलेसनमा बसेको उनका स्वकीय सचिव पवन कुँवरले जानाकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको ईमरजेन्सी एक्सपर्ट टेष्ट (द्रुत स्वाब परीक्षण) गर्दा उनको रिपोर्ट पोजिटिभ आएको कुँवरको भनाई छ ।

मन्त्री केसीलाई सामान्य रुघाबाहेक स्वास्थ्यमा अन्य कुनै समस्या नरहेको मन्त्रालयको निजी सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेश सभामा पेश गरेका मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा उपस्थित सांसदलाई सुरक्षित रहनसमेत उनको सचिवालयले आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...