Thursday 8th October 2026

नेपाली लोक छन्द: झ्याउरे- दयाको खेती


तितोपाटी- बाँचेको किन कोरोना तिमी निष्ठुरी बनेर ।
पुकारा गरे धेरैले यहाँ हे आमा भनेर ।

मनका इक्षा मनमै कैदी हामीले पारेको ।
योजना जति पछिको लागि धकेली सारेको ।

धेरैको यात्रा बाटोमै ठप्प अलत्र पारेको ।
भुसुनै सरी ठानेर तिमी कुल्चेर मारेको ।
लुकेर हिड्ने मानव साथ मानव गरेको ।
छोपेर हिड्न मुहार पनि बाध्यता परेको ।

दयाको खेती हुँदैन पक्कै पापीको घरमा ।
बोकोले ढुक्क सुम्पियो जीउ कसाही भरमा।
कोरोना नाम सुन्दैमा कान बहिरो बनेको ।
असंख्य भयो मर्नेको संख्या दुनियाँ तड्पेको।

दिनहुँ काम गरेर खाने निमेकी विचरा ।
भोकले रुँदै शोकमा डुबी गरेका पुकारा ।
दिन र राति दु:खको ताँती शोकले टोकेर ।
मारेको जाती गुण्डाकै भाँती छुराले रोपेर ।

हजारौ आमा हरुको तिमी काख नै रित्यायौ।
प्रशस्त चेलीहरुको सिन्दुर छिनमै सिध्यायौ ।
कुनामा लुकी कतिको ज्यान तत्काल जिप्ट्यायौ ।
अनेक कष्ट कहर सबै तिमी नै निम्त्यायौ ।
धन्यवाद ।

हरि शर्मा(सुवेदी)
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...