Saturday 10th January 2026

गौतमबुद्ध रंगशालालाई तीन करोड


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको भन्दै कामको प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतिमा भएकोमा खुसी व्यक्त गर्दै उनले रंगशाला निर्माण छिटो सक्न शुभकामना दिए। ‘प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ,’ उनले भने, ‘रंगशाला निर्माणमा चुनौती धेरै रहेको छ, तर प्रदेशको गौरवको आयोजना भएकाले जसरी पनि सफल बनाउनुपर्नेछ।’

सामाजिक विकास मन्त्री दुलालले रंगशाला निर्माणको सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छाएर अघि बढ्न सुझाव दिए। फाउन्डेसनका अध्यक्ष कट्टेलले सरकारको सहयोगको अपेक्षा रहेको भन्दै रंगशालाका लागि जग्गा र सहयोग रकमका लागि धन्यवाद दिए। ‘रंगशाला निर्माणमा अहिले २ सय ३३ जनशक्तिले काम गरिरहेको छ,’ उनले भने, ‘सहयोगी मनहरूले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको छ।’ रंगशाला निर्माणका क्रममा ७ करोड रकम तिर्न बाँकी रहेको भन्दै उनले आफूहरूले हिम्मत नहारेको पनि बताए।  कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बि.के., मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे.एन. थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...