Friday 21st August 2026

गौतमबुद्ध रंगशालालाई तीन करोड


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बुधबार मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री युवराज दुलालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री पौडेलले धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको भन्दै कामको प्रशंसा गरे। रंगशाला निर्माण तीव्र गतिमा भएकोमा खुसी व्यक्त गर्दै उनले रंगशाला निर्माण छिटो सक्न शुभकामना दिए। ‘प्रदेश सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ,’ उनले भने, ‘रंगशाला निर्माणमा चुनौती धेरै रहेको छ, तर प्रदेशको गौरवको आयोजना भएकाले जसरी पनि सफल बनाउनुपर्नेछ।’

सामाजिक विकास मन्त्री दुलालले रंगशाला निर्माणको सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छाएर अघि बढ्न सुझाव दिए। फाउन्डेसनका अध्यक्ष कट्टेलले सरकारको सहयोगको अपेक्षा रहेको भन्दै रंगशालाका लागि जग्गा र सहयोग रकमका लागि धन्यवाद दिए। ‘रंगशाला निर्माणमा अहिले २ सय ३३ जनशक्तिले काम गरिरहेको छ,’ उनले भने, ‘सहयोगी मनहरूले सहयोग गरिरहेको भए पनि लकडाउनले परिस्थिति जटिल बनाएको छ।’ रंगशाला निर्माणका क्रममा ७ करोड रकम तिर्न बाँकी रहेको भन्दै उनले आफूहरूले हिम्मत नहारेको पनि बताए।  कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बि.के., मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे.एन. थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...