Sunday 18th January 2026

राष्ट्रपति भण्डारीद्वारा कुवेती अमीरलाई बधाई


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेका शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् । उनले कुवेत र त्यहाँका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धिको कामना सन्देशमा गरेकी छिन् ।

नेपाल र कुवेतबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...