Friday 11th September 2026

सूचनाको हक सम्बन्धी:अन्तर्राष्ट्रिय सूचना दिवसको दिन बेद युवा सुमुहको छलफल कार्यक्रम सम्पन्न


सुशील बस्याल- सुचनाको हक सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा बेद युवा सुमुहको आयोजनामा “सुचनाको पहुचको महत्त्व” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा युवा समुहका युवाहरुको क्षमता र नेतृत्व बिकासका लागि युवाहरुलाई नेतृत्व बिकास तालिम पनि दिइएको हो । अबका दिनमा युवा समुहले “तपाईंको माक्स खोइ” अभियानलाई निरन्तरता दिने, प्रथम पटक महिनावारि हुदा छाउपडी गोठमा बस्नु पर्ने बाध्यता हटाउन अभियान चलाउने साथै युवा नेतृत्व बिकासका लागि तालिम र अभिमुखिकरण कार्यक्रम सन्चालन गर्ने योजनाहरु रहेको समुहका अध्यक्ष बरुण बस्यालले जानकारी दिनु भयो ।

स्थानिय स्तरमा युवाहरुले आफ्नो सुचनाको हक प्रयोग गरि चासो राख्ने बानीको बिकास गराउन यस कार्यक्रमले सहयोग पुर्याउने कुरामा उहाले जोड दिनु भएको छ । कार्यक्रम हिजो असोज १२ गते सोमबार बगनासकाली युवा सुचना केन्द्रको भवनमा आयोजना गरि सम्म भएको हो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...