Monday 26th January 2026

हरितालिका तिज – छन्द: झ्याउरे -हरि शर्मा (सुबेदी)


नेपाली चेली बसेका घर खुशीले नाचेका।
भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका ।
हजुर बाबा हजुर आमा नाति र नातिनि।
समस्त जन साथमा बसी रमाए अति नै।१।

अचार बन्यो तामाको त्यहीँ खिरको साथमा।
दही र केरा साथमा अरु चौरासी ब्यञ्जन।
खाएर मस्त देखिए चेली सँगीको साथमा।
लगाई साडी ब्लाउज फेरी चुरा छन् हातमा ।२।

चेलीको लागि माइती घर अत्यन्तै प्यारो छ।
कोरोना अर्थ अहिले वर्ष अत्यन्तै गाह्रो छ।
माइत जान कोरोना सर्छ डरले तर्सायो।
कबाफसाथ हड्डीको रुप भएर यो आयो ।३।

शिवको पूजा खुशीले गर्छन निर्जला भएर।
स्वामीको आयु लम्बिदै जाओस् कामना लिएर।
प्रशस्त गरे नारीले तिम्रो दिर्घायु कामना।
श्रीमती ब्रत पुरुषहरु सक्छौँ खै बसन ?।४।

हुने र खाने कम्प्युटरमा जुममा नाचेका।
नहुने कठै कुनामा बसी दु:खमा रोएका।
जे मिल्छ त्यही खाएर बसौँ खुशीले रमाऊँ।
गहना हैन माया सद्भाब सबैले देखाऊँ ।५।

हरि शर्मा( गलकोटे कवि)
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...