Sunday 22nd March 2026

हरितालिका तिज – छन्द: झ्याउरे -हरि शर्मा (सुबेदी)


नेपाली चेली बसेका घर खुशीले नाचेका।
भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका ।
हजुर बाबा हजुर आमा नाति र नातिनि।
समस्त जन साथमा बसी रमाए अति नै।१।

अचार बन्यो तामाको त्यहीँ खिरको साथमा।
दही र केरा साथमा अरु चौरासी ब्यञ्जन।
खाएर मस्त देखिए चेली सँगीको साथमा।
लगाई साडी ब्लाउज फेरी चुरा छन् हातमा ।२।

चेलीको लागि माइती घर अत्यन्तै प्यारो छ।
कोरोना अर्थ अहिले वर्ष अत्यन्तै गाह्रो छ।
माइत जान कोरोना सर्छ डरले तर्सायो।
कबाफसाथ हड्डीको रुप भएर यो आयो ।३।

शिवको पूजा खुशीले गर्छन निर्जला भएर।
स्वामीको आयु लम्बिदै जाओस् कामना लिएर।
प्रशस्त गरे नारीले तिम्रो दिर्घायु कामना।
श्रीमती ब्रत पुरुषहरु सक्छौँ खै बसन ?।४।

हुने र खाने कम्प्युटरमा जुममा नाचेका।
नहुने कठै कुनामा बसी दु:खमा रोएका।
जे मिल्छ त्यही खाएर बसौँ खुशीले रमाऊँ।
गहना हैन माया सद्भाब सबैले देखाऊँ ।५।

हरि शर्मा( गलकोटे कवि)
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...