आर.बी.बुढाथोकी – तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै गएको छ । आफ्नो मैलिक परम्परागत दर खाने तरिका अब आधुनिक तिर मोडिएको छ ।तीज आउँदा दर त खानै पर्यो तर स्वास्थ्यमा ध्यान नदिने हो भने विरामी र् अप्रिय दुर्घटनामा पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान पु-याइएन भने विभिन्न समस्या आइपर्न सक्छ ।त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पु-याउन आवश्यक छ ।तिजको दरको नाममा एक महिना अगाडि देखि नै महिलाहरु ब्यस्त हुनु र पुरुषहरुमा पनि तिजको रौनक चड्नु आजको प्रमुख बिक्रिती हो । तिजको गीतमा आएका बिबिधातासङगै परमपरागत तिज लोप हुँदै गएको पनि प्रस्ट भान हुन थालेको छ । घाँटी हेरी हाड निल्ने प्रवृत्ति पनि हराउन थाले पछी तिज पहिला र अहिलेकोमा फरक हुँदै गएको बिज्ञहरुको भनाइ छ ।

तिज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्। तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् । त्यसैले यहाँ केही तिजको दरमा के खाने के न खाने भनी प्रस्ट्याइेको छ ।



नियमित औषधी प्रयोग गर्नेले दर खाँदा र ब्रत बस्दा बिशेष ध्यान पुर्याउनु जरुरी हुन्छ ।दर खादा अन्य खानाको तुलनामा सलाद र हरियो परियो बढी सेबन गर्दा लाभ हुन्छ ।तीजमा साथीभाईले के खान्छन के गर्छन् त्यसलाई बिशेषता नदिनुस आफ्नो इच्छा अनुसार सामान्य रुपमा सामान्य रुपमा दर तयार गर्ने बानी बसालौ ।दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ तर यसलाई सके सम्म कम गर्दा नै उत्तम हुन्छ ।अहिलेको परीपेक्षमा शहरीया दर भन्दा नि ग्रामीण र परमपरा गत दर खाने तरिका नै उत्तम मनिएको हुँदा त्यसैलाई अङिकार गर्नु राम्रो देखिन्छ जस्ले आफ्नो परमपरा र मौलिकता झल्काउछ । दर खाने भनेर अग्रिम रुपमा ब्यापक गोस्टी र पार्टी आयोजना गरी मनाउनु पनि राम्रो मानिन्न जसले आगामी पुस्तालाई गलत सुचना जान्छ र मौलिकता गहन हुँदै जान्छ ।