Wednesday 22nd July 2026

नेपालको राजनीति – जनताको चाहना


बि. आर. उप्रेती-बारा,नेपाल-हाम्रो देश नेपालमा १०४ वर्षे जहानिया राणा शासन पछि राजत्रात्मक निर्दलिय पंचायत वयवस्था ३० वर्ष र २०४६ को जन आन्दोलनमा कति वीर नेपालीहरुले ज्यान आहुती गरि प्राप्त भएको बहुदलीय शासन प्रणाली अनि दश वर्षको जन युद्धमा हजारौं वीर वीरङ्गना नेपालीहरुको रगत यो भूमिमा मिल्यो ।

२०६३ सालको कम्युनिस्ट, काँग्रेसहरु लगायत अन्य दलहरूको संयुक्त आन्दोलन पछि देशमा नयाँ संविधान निर्माण भइ २०७२ मा घोषणा भएको संविधानको कार्यान्वयन एवं सबै राजनीतिक दलहरू राष्ट्र र जनताको सुख समृद्धिबारे विविध कार्यको घोषणा पत्र, भाषण गर्दै आम निर्वाचनमा भाग लिइ निर्वाचन सप्पन्न भयो । संख्यात्मक हिसाबमा कम्युनिस्टहरुलाई दुई तिहाइ जनमत प्राप्त भएको सर्वबिदित छ, राष्ट्रको संविधान अनुसार कम्युनिस्टले सत्ता सम्हालेर जनता र राष्ट्रको सेवा गर्दै यो देशलाई विश्वका विकसित मुलुकहरुको सामुन्ने उदाहरणिय देश बनाउन सकिन्थ्यो होला नी तर के गर्नु ? असफल ठान्छन् नेपाली जनताहरुले ।

राष्ट्रिय राजनीतिमा अघि बढेका कुनै पनि राजनीतिक दलहरू सत्तामा पुगी सकेका छन् तैपनि हत्या, हिंसा, भ्रष्टाचार जस्ता जघन्य विषम कु कार्यको झांग फैलिदै छ यस्तो किन ? कांग्रेस लगायत अन्य राजनीतिक दल पनि फुट्दै जोडिदै गर्दै आएका छन् (पार्टी नफुटे पनि भित्र भित्रै अन्तर विरोधको लडाई छ) कम्युनिस्टहरु पनि यस्तै हो । कति पटक फुट्ने र जुट्ने हुँदै अहिले पनि पार्टी भित्र गुटबन्दी, भागबन्डा, तँछाडमछाड आदि अन्तर विरोधको चर्चा भइ रहेको छ यही हो राष्ट्र र जनताको सुख समृद्धिको अनुभव ? जनताहरुको ठुलो आकांक्षा र आशा ओइलीदैछ ।

दुई तिहाईको मत दिई सत्तामा पुर्याइएको ने. क. पा. ले झैझगडा, पार्टी फुट आदि अन्तर विरोधलाई निस्तेज बनाई पार्टी भित्र सहयोग र सद्भावलाई मूल मन्त्र ठानी नि:स्वार्थ मेल मिलापका साथ हालको सरकारलाई निश्चित अवधिसम्म निरन्तर काम गर्न दिई भ्रष्टाचारको जरा नै उखेलेर फाल्ने सत्ता शासनको ईच्छा अझै पनि छ जनतामा ! यस्तो भएमा मात्र अहिले देखा परिरहेको विश्व महामारी कोभिड – १९ कोरोना भाइरससँग लडेर कोरोना युद्ध जित्न सक्ने भन्ने सबै नेपालीहरुको पूर्ण विश्वास भएको बुझिन्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...