Tuesday 29th September 2026

पर्सामा मेयरसहित थप ५२ जना संक्रमित


वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् । यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४÷४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १÷१ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । शनिबार ५२ जना थपिएसंगै पर्सामा संक्रमितको संख्या ९४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।  पर्सामा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाको मृत्यु भइसकेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो  ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...