Saturday 10th October 2026

खोलामा मोटरेवल पुल छैन, ज्यान जोखिममा राखेर तर्न बाध्य छन् स्थानीय


म्याग्दी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमनामा बग्ने अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयलाई धेरै सास्ती भएको छ ।

म्याग्दीको सदरमुकाम बेनी नगरपालिका र मंगला गाउँपालिका– ३, ४, ५ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका जोड्ने सडकमा गुड्ने ढुवानीका गाडी, प्राइभेट तथा सार्वजनिक गाडीका लागि अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयले वर्षेनी सास्ती भोग्नु परेको छ ।

अर्जे खोलामा बर्षायाममा पानीको वहाव निकै बढ्ने गर्छ । जब बर्षायाम शुरु हुन्छ अनि मंगला गाउँपालिका– ३ र ४ का स्थानीयलाई आवतजावत गर्न निकै समस्या परेको छ । साथै खाद्यान्नका लागि ढुवानीका गाडी समेत बर्षायाममा अर्जे खोलामा पानीको वहाव बढे्ने हुनाले समयमा पुग्न नसक्नाले गाउँमा खाद्यान्नको समस्या हुने गरेको छ । गाउँमा उत्पादन भएका तरकारी, फलफुल, दुध लगायतका सामान बेनी नगरपालीका सम्म पु¥याउन पनि कठिन भएको स्थानीयको गुनासो छ । त्यस्तै, सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर खोला तर्नुपरेको स्थानीयको गुनासो छ । अर्को बैकल्पिक मोटर बाटो नभएको हुँदा २ देखी ३ घन्टा सम्म पर्खिएर पानीको वहाव अलि कम भए पछि चालक सहित यात्रुले आफ्नो ज्यान जोखिममा राखेर खोलामा गाडी तार्ने गरेका छन् ।

अर्जे खोलामा मोटरेवल पुल निर्माणको लागि सरोकारवाला कसैले पनि चासो नदिएको गतिशिल युवा क्लबका सचिब शुवास श्रेष्ठले बताएका छन् । उनले भने बर्षायाममा अर्जे खोलामा पानीको वहाव निकै बढ्छ । एक दिन ठुलै दुर्घटना हुन सक्छ । यस बिषयमा सरोकारवालले ध्यान दिनु जरूरी छ । गाउँका जन-प्रतिनिधि, बुद्धिजिवी समेतले अर्जे खोलामा मोटरेवल पुल निर्माण गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।

तस्विर – शुवास श्रेष्ठकाे फेसबुकवालबाट


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...