Monday 23rd March 2026

स्वर्गको टुक्रा निलुवा – नेपाली लोक छन्द(झ्याउरे) -हरि शर्मा(सुबेदी)


स्वर्गको टुक्रा निलुवा
नेपाली लोक छन्द(झ्याउरे)
***********
बागलुङ, जिल्ला गलकोट भेगको गहना निलुवा ।
शिरमा बोकी बसेको गाउँ भनिन्छ चमुवा । १ ।

चमुवा पारी नुवाकोट पर्छ कविको घर त्यो ।
यो कवि पनि निलुवा घुम्न थियो नि पल्केको । २ ।

नुवाकोट बाट खरुवा हुँदै निलुवा पुग्दथ्यो ।
निलुवाको सुन्दरता देख्दा शिर नै झुक्दथ्यो । ३ ।

स्वर्गको टुक्रा एउटा त्यहाँ टुक्रेर खसेको ।
सुन्दरता सबै आफैमा बोकी थुचुक्क बसेको । ४ ।

अत्यन्तै सुन्दर मनको टुक्रा चुँडेर लिन्छ कि ।
निलुवा नाम रहेको यसको सुर्लुक्क निल्छ कि ।५ ।

बनको बिच समथर भु-भाग आकर्षक निलुवा ।
रोपेको देख्छु स्याउका त्यहीँ स-साना बिरुवा ।६ ।

सुन्दरताको गरेर बयान मुखले मेटिन्न ।
यो जस्तो सुन्दर मनमोहक ठाउँ खोजेर भेटिन्न । ७ ।

हरि शर्मा (सुबेदी)
गलकोट- नुवाकोट, बाग्लुङ, नेपाल
हाल: मिसिगन अमेरिका


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...