रोजिना ढुंगाना – छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु।
बेहुला घरतर्फका महिलाहरू कोही रत्याैली नाच्न लागे भने कोही भतेरमा व्यस्त भए । म भने दाइले बेहुली लिएर कहिले आउनु होला र बेहुली कस्ति होलिन? भनेर मन मनै कुरि रहे । सायद गाँउका सबैको मनमा यस्तै उत्सुकता भएको थियो होला ।
साँझ पर्नै लाग्दा जन्ति फर्किए । गाँउलेहरु निम्तो पाएका या नपाएका सबै जसो बाटोमा जम्मा भए बेहुली हेर्न लाइ। म पनि हतारिएर आएँ । सबै एक आपसमा कुरा गर्दै थिए -हरे के हेरेर ल्याएछ बेहुली? कति धेरै मोटी! आफ्नो सुँहाउदो त ल्याउनु ! त्यो सुनेर म झसङ्ग भए। हतारीएर हेर्न पुगे नयाँ गाँउकी भाउजु सारै राम्री लाग्यो तर खाइलाग्दी मोटी हुँनु हुँदो रहेछ्।सायद दाइलाइ त मन परेरै ल्याउनु भएको होला नि … खै कुन्नि तर हाम्रा गाँउकाहरुलाइ पो मन परेन अरे !
दिन बित्दै गयो …दाइ ले सधैँ जसो एस्तै कुरो सुन्नु पर्थ्यो । दाइ भाउजु सँगै हिडेको पनि कहिल्यै देखिन मैले ।
हुँदा हुँदै बर्ष दिन बित्यो एउटा प्यारो बाबु पनि जन्मियो । भाउजु अझ मोटी हुँदै जानु भयो। यस्मा वहाँको के दोष ? वहाँको हाड ठुलो थियो अर्थात ठुला दार कि पनि भनिन्छ्।अझ छोरी मान्छेहरु बच्चा जन्मिएपछि कसैको ज्यान त्यसै पनि लग्छ।
दाइ भन्दा उमेरमा 5-6 बर्ष सानै भनेको सुँन्थे तर ज्यान हेर्दा दादा भन्दा उमेर खाकी जस्ति देखिन थाल्नु भयो । भाउजुले घरको सबै काम गर्नु हुँन्थ्यो।सासु, ससुरा, नन्द, देवर सबैको ख्याल…गाँउमै भएकाले गाइ बाख्राको धन्दा पनि गर्नु पर्थ्यो।आफुलाइ स्यार सुसार चिटिक्कै बन्ने फुर्सद पनि हुँदैन थ्यो ।दादा झन झन जवान र राम्रो देखिनु हुँन्थ्यो।भाउजुले घरको सबै काम गरेर ठिक ठिक समयमा मिलाइदिएपछि दाइ त त्यसै पनि राम्रो हुँने भए… ।
दाइ सँग सबैले तुलना गरेर प्रायः सबै गाँउले हाँस्थे । हाम्रो समाज यस्तै त छ हेपिनेलाइ हेप्ने घरैका परिवारले पनि काम गर्ने मेसिन बाहेक केहि सम्झेनन भाउजुलाइ । बाँकी २-४ जनाले बुझे पनि धेरैले तुलना गरि हाल्थे ।बेला बेला म सँग दुःखेसो गर्नु हुन्थ्यो यो समाजमा मोटो पनि पच्न छड्यो भनेर । म सम्झाउने गर्थेँ मान्छेले आफ्नो शरीर सँग तुलना गर्नु हुँदैन हजुरको सफा र निस्चल मन नै हजुरको पहिचान हो भनेर तर यो सबै रूपको पछि लाग्ने जमानामा आत्माको मुल्यङ्कन कसैले नगर्दो रहेछ।
सुन्दैछु अहिल वहाँहरू बिच छोडपत्र हुँदैछ रे ! कारण हजारौँ देखाए पनि वहाँहरुको ब्यावहारले भने छर्लङ्ग देखाएको थियो मोटोपन ।
आखिर यो नारी जाति ले के मात्रै सहनु पर्ने हो? के नारी खेलौना हो? के बिहे अघि एस्ता अर्त हरु भएका हुन्छ्न त ? बिहे पछि नारीहरु आफुलाइ जतन गर्दैनन । यसको अर्थ उनीहरुले आफ्नो जिन्दगी समर्पित गरेका हुँन्छ्न् तर केहि पुरुष बार्है मास नारीलाइ कृडास्थल सम्झिन्छ्न्। बाहिर चिटिक्क देखेपछि घर कि देखि घिन लागेर आउछ अरे..तर आफ्नैलाइ माया र प्रेम गरेर राम्रो बन्न सहयोग गर्न पनि त सकिन्छ ।कस्लाइ फिट र राम्रो बन्ने रहर हुँदैन र तर कसैको शरीर नै यस्तै हुन्छ।
त्यसैले आफ्नु ख्याल गरौँ । सबैभन्दा पहिला आफ्नु ख्याल गर्नुस ।स्वास्थको लागि पनि मोटोपन हानिकारक छ ।तपाइ नभए अरु केहि छैन
त्यसैले बदलिदो समाज र परिवारका लागि तपाइँ, म र हामी सबैले बदलिनु पर्छ। सधैँ दबिएर हैन हरेक कुरामा परिपक्व हुँन पर्छ । यो काहानी हरेक मध्यम बर्गिय परिवारमा हुने यथार्थ घटना हो। कसैको जिवनमा मेल खान गएमा संयोग मात्रै हुँनेछ।
रोजिना ढुंगाना
झापा
हालः मरूभूमिको देश