Friday 24th April 2026

को हुन् विकास दुबे जसलाई पक्राउ गर्न जाँदा ८ प्रहरीको ज्यान गयो ?


कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि अन्धाधुन्ध गोलीबारी गरियो । जसका कारण  ८ प्रहरीको ज्यान गयो । हालसम्म प्रहरीमाथि भएको हमलामा यो सबैभन्दा ठूलो घटना बताइएको छ । विकास दुबेको आपराधिक इतिहासमात्रै होइन उनीविरुद्ध विभिन्न गम्भीर मुद्दासमेत दर्ता छन् ।

विकास दुबेको उठ्बस् हरेक राजनीतिक दलसँग हुन्थ्यो, यसैकारण उनी अहिलेसम्म पनि यति शक्तिशाली छन् । विकास दुबे थुप्रै राजनीतिक दलमा पनि संलग्न रहे । बिठूरको शिवली थाना क्षेत्रको बिकरु गाउँमा उनी बस्छन् । उनले आफ्नो घरलाई किलाजस्तो बनाएका छन् । यहाँ उनको मर्जीबिना कोही पनि प्रवेश गर्न असम्भव नै छ ।
थाना भित्र छिरेर दर्जा प्राप्त राज्यमन्त्रीको गरेका थिए हत्याः
विकास दुबे यस्ता छन् कि उनलाई कुनै कानूनसँग डर लाग्दैन । सन् २००१ मा विकासले थाना भित्र प्रवेश गरेर बिजेपीका दर्जा प्राप्त राज्यमन्त्री सन्तोष शुक्लाको हत्या गरेका थिए । सन्तोष शुक्ला हत्याकाण्डले पूरा प्रदेश हल्लाएको थियो तर प्रहरीदेखि कानूनसम्मले उनको केही बिगार्न सकेन ।
कुनै प्रहरीले दिएनन् बयानः
विकास दुबे कुनै फिल्मी खलनायकभन्दा कम छैनन् । स्रोतमाबताइए अनुसार थानमा प्रवेश गरेर राज्यमन्त्रीको हत्या गरेको आरोप लागेपछि पनि उनीमाथि केही कारवाही हुन सकेन । जानकारीमा उल्लेख भएअनुसार यति ठूलो घटनापछि पनि कुनै पनि प्रहरीले विकासविरुद्ध बयान दिएनन् । अदालतमा कुनै पनि साक्षी उपस्थित नभएपछि उनलाई छोडिएको थियो ।

विकास दुबेले पञ्चायत सदस्य रहँदा एउटा सडकको शिलान्यास पनि गरेका थिए । 

काकाको छोरासहित थुप्रैको हत्यामा संलग्न भएको आरोपः

यसबाहेक सन् २००० मा कानपुरको शिवली थानाक्षेत्र स्थित ताराचन्द इन्टर कलेजका सहायक प्रबन्धक सिद्धेश्वर पाण्डेको हत्याको मामलामा पनि विकास दुबेको नाम आएको थियो । त्यसै वर्ष उनीमाथि रामबाबू यादवको हत्याको षड्यन्त्र रचेको आरोप पनि लागेको थियो । यो षड्यन्त्र उनले जेलमा बसेर रचेका थिए । सन् २००४ मा केबल व्यवसायी दिनेश दुबेको हत्याको मामिलामा पनि विकास दुबेको नाम आएको थियो । सन् २०१३ मा पनि विकाश दुबे हत्याको एउटा ठूलो घटनामा संलग्न भएका थिए ।

जेलमा बसीबसी भाइको हत्याः

सन् २०१८ मा विकास दुबेले आफ्ना काकाका छोरा अनुरागमाथि घातक हमला गराए । अनुरागकी श्रीमतीले विकाससमेत चारव्यक्तिमाथि एफआइआर दर्ता गरेकी थिइन् ।

राजनीतिक दलसँग उठ्बस्ः

हिस्ट्रीशीटर विकास दुबेको सबै राजनीतिक दलसँग सम्बन्ध छ । सन् २००२ मा बीएसपीको मायावती सरकारले उनको अत्यधिक समर्थन गर्दथ्यो । उनीमाथि जग्गाजमिनको अवैध खरिद बिक्रीको आरोप छ । उनल गैर कानूनी तरिकाले करोडौं रुपैयाँको सम्पत्ति आर्जन गरेको आरोप छ । बिठूरमा नै उनका स्कूल र कलेज छन् । उनी एउटा ल कलेजका मालिक पनि हुन् ।


जेलबाट जितेका थिए चुनावः

विकास दुबे जेलमा हुँदा नै चुनाव लडेका थिए र शिवराजपुरबाट नगर पंचायत चुनाव पनि जितेका थिए । उनले जेलबाटै हत्यासमेत थुप्रै घटना गराउँथे । उनीविरुद्ध ६० भन्दा बढी मुद्दा दर्ता छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...