Saturday 23rd May 2026

चरम असन्तुष्टि बोकेर कुवेतका संघसँस्था दूतावास पुगे


तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए ।

हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना मध्ये कम्पनीको क्याम्पमा नरहेका एक जना मात्र श्रमिक नेपाल पुगेका थिए । उनीहरुको टिकट कम्पनीले नै व्यवस्था गरेको बताईन्छ । प्राथामिकता निर्धारणमा नै प्रश्न उठाउदै कम्पनीको अवासमा बस्न खान पाएकाहरु कसरी प्राथामिकताको पहिलो शिर्षक बने भन्नेमा सवैको मुल चासो थियो । हिमालय एयरलाईन्सले कोरोना जाँच सहित १९० केडी को सूचना जारी गरेकोमा दुतावास सामेल थिएन भन्नेमा कोही विश्वास गर्न तयार थिएनन । यसरी एकाएक जुर्मुराएका संघसँस्थाहरु आफ्ना असन्तुष्टिहरुलाई लिपीबद्ध गरेर आजै दूतावास गएर राजदुतलाई एक ज्ञापनपत्र बुझाए । हिमालय एयरको कुवेत शााखाले तीन दिन पहिले नेपाली राजदूतावासको सम्बोधन रहेको भन्दै एक सूचना सार्वजनिक गरेको थियो जहाँ एकसय नव्वे केडीमा नेपाल जाने टिकटको मुल्य उल्लेख थियो । उक्त सूचना सामाजिक सँञ्जालमा प्रकाशित भएपछि कुवेतका सामाजिक सँघसँस्थाले घोर विरोध, व्यापक आलोचना र असन्तुष्टि प्रकट गरेका थिए । भोली पल्ट उक्त सूचना हिमालय ले हटाएको थियो । त्यसपछि टिकट सोध्नेहरुलाई नेपालबाट लिनु भन्ने जवाफ दिएको थियो । हिमालयको उत्तः नाजायज कार्यमा दुतावास मुछिएपछि उसले एक सूचना निकालेर आफ्नो संलघनता अस्वीकार गरे पनि उसमाथि राजदुतावासले के कस्तो एक्सन लियो प्रष्ट छैन । बरु ती कम्पनीहरुले १९० केडी तिरेर टिकट लिएकी ४१० डलर भन्नेमा खोजी भईरहेको विरोधकर्ताहरुको भनाई छ ।

आजै एनआरएनको नेतृत्वमा आईसीसी सदस्य अमित चाम्लिंग राईद्धारा राजदूतलाई हस्तान्तरण गरेको ७ बुदे ज्ञापन पत्रमा बोधार्थ प्रम को कार्यालय, परराष्ट्र मन्त्रीको कार्यालय, बैदेशीक रोजगार बोर्डको सचिवालय, एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद, नेकपा केन्द्रिय कार्यालय, नेपाली कांगेस केन्द्रिय कार्यालय, जनता समाजबादी र नेपाल पत्रकार महासँघ लाई उल्लेख गरिएको छ ।

लामो समयदेखि हजारौ डलर खर्च गरेर एनआरएन कुवेतले पिडितहरुलाई राहत बाडेको थाहा पाउदा पाउदै उनीहरु भन्दा पहिले १२ घण्टाको अवधीमा नाम लिष्ट निकालेर कम्पनीका मानिसलाई उडाउनु को पछाडीको कारण माग्दा राजदुतावासको जवाफमा ज्ञापन पत्र बुझाउन जानेहरुले चित्त नबुझेको बताए । राजदुत दुर्गा प्रसाद भण्डारीले पत्र बुझाउन जानेहरुलाई उल्लेख गरिएका बुदाको जवाफ दिए पछि आईसीसी सदस्य अमित राई, नेपाल पत्रकार महासँघ अध्यक्ष हरिकृष्ण न्यैपाने, एनआरएन कुवेतका उपाध्यक्ष रानाध्वज लामा लगायतले प्रतिप्रश्न गरेका थिए ।

सरकारले तोेकेका ४१० डलर लाई कम गर्न पर्ने, श्रमिकहरुको रकमबाट श्रम मन्त्रालयमा जम्मा रहेको कोष विचल्लीमा परेकाहरुको उद्धारमा खर्च गर्न पर्ने, हाल तोकिएको भाडा भन्दा सस्तोमा नेपाल चार्टड गर्न सक्ने नेपाल नियमित उडान भईरहेका जहाजहरुसँग समन्वय दुतावासले गर्न ध्यान दिने हो भने अरु सस्तो पर्न जाने जस्ता कुरा मा राजदुतको ध्यान आकृष्ट गराईएको थियो । यसरी नै नेपाल सरकारले विचल्लीमा परेकाहरुको खाना बस्न लगायतको अत्यावश्यक कुरामा राजदुतावास कुवेत ले के कति खर्च गरर्यो भनेर सोधिएको थियो । तर राजदुतले राहत को झोला बोकेर मैदानमा दुतावास जान नसक्ने र त्यस्तो प्रकारको सहायता गर्न पर्ने अवस्था नरहेको बताईरहदा एनआरएन ले हजारौ डलर चाही रहरले खर्च गरेको हो की भन्ने सवाल खडा गरिदिएको एक सहभागी को तर्क थियो ।

राजदुतावासबाट आफूहरुको योगदान र सहकार्य को धज्जी उडाएको महसुस भईरहेको र समाजीक सँघसँस्थाको अपमान भएको अर्का एक सहभागि को गुनासो थियो । समय मा सूचना नदिने र मानिस पठाउने कुरामा राजदुतावास ले एनआरएन तथा सहयोगी सँघसँस्थासँग कुनै सहकार्य नगरेको एनआरएनको बुझाई नै मुख्य असन्तुष्टि कारण देखिन्थ्यो । हजार भन्दा धेरै सेल्टरमा रहेका श्रमिक नेपाल जादा उनीहरुको विदाईमा दुतावास नजानु र हिमालयको पहिलो उडानमा राजदुतावास एयरर्पोट पुग्नुलाई पनि आशंकाको आँखाले हेरिएको छ ।

एनआरएन अध्यक्ष सुजन केसी लगायत कतिपय सँघसस्थाका प्रतिनिधीहरु आईसोलेट क्षेत्रमा रहेका कारण दुतावास पुग्न सकेका थिएनन ।

 

 


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

प्रतिकृयाहरू
...