Saturday 3rd October 2026

प्रवासी नेपाली एकता मञ्च ओमानले रुकुम चौरजहारी घटनाको सत्य-तथ्य छानबिन गर्न प्रेस विज्ञप्ति जारी गर्‍यो


तितोपाटी – रुकुम चौरजहारी नगरपालिका सोतिमा घटेको घटना सम्बन्धि प्रवासी नेपाली एकता मञ्च ओमानले २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

विश्व २१औं शताब्दीको बैज्ञानिक तथा कम्प्युटर युगको तिव्रगति तथा पृथ्वीको विकल्प खोजिरहेको अबस्थामा नेपाली समाज अझै लैङ्गिक, धार्मिक, सास्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार / दानवरुपि बिकृती विसंगतियुक्त क्रियाकलापहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित छ । जसको प्रतिफल गत जेठ १० गते राती चौरजहारी नगरपालिका सोति ८ को अकल्पनीय घटना एक उदाहरण हो । जुन घटनाको प्रकृति एक वर्ष भन्दा लामो समयसम्म नबराज बि.क.र सुस्मिता मल्ल बिचको अन्तर-जातीय प्रेम संमबन्ध हुनु नै प्रष्ट देखिएको छ ।

विश्व मानव जगतमा लैङ्गिकताको आधारमा महिला र पुरुष दुई जात मात्र छन । एक-अर्का बिच मन चित्त मिले मायाप्रेम गर्न पाउनुपर्ने मानवीय अधिकार, प्रचलित कानुन, राज्यसरकार तथा सरोकारवाला निकाय सबैलाई चुनौती दिदै बिखन्डन तथा सामाजिक सद्भाव खल्बल्याउने गरि भएका नबराज बि.क. , टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द  शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको प्रवासी नेपाली एकता मञ्च ओमानले बिज्ञप्ती मार्फत घोर भ्रत्सना गरेको छ । साथै मृतक सबैमा हार्दिक श्रद्धाञ्जली र बेपत्ताहरुको तत्काल खोजी गर्न माग सहित सोकाकुल परिवार जनहरुमा गहिरो समबेदना व्यक्त गरेको छ ।

पीडित बाट दिएको २० जना विरुद्धको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम आजिवन सजायको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम / जाजरकोट, राजनीतिक पार्टीहरु, विभिन्न सामाजिक ब्याक्तित्व लगायत संबन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...