Friday 22nd May 2026

अन्तरजातीय प्रेम – कविता


विश्व रूवायो कोरोनाले,
पोलेको छ छाती ।
अर्को तिर छुवाछूतको,
बज्र हामी माथी ।।

प्रेम गर्नु पाप होइन,
भूल पनि थिएन ।
कस्तो जन्जिर होला,
एक हुन दिएन ।।

सुन्दा पनि अजिब अनि
अचम्म  लाग्छ हेर ।
जात सानो हुनाले नै,
जान्छ ज्यान खेर ।।

सोचे जति सबै कुरा,
अन्धविश्वास नै भयो ।
प्रेम कै लागि यहाँ,
कतिको ज्यान गयो ।।

कस्तो क्रूर कति निर्दयी,
समाज पनि त्यहाँ ।
सुन्दा पनि अजिब लाग्छ,
त्यो घटना यहाँ ।।

जनावर होइन होला,
किन लखेट्नु पर्ने ।
नत्र भने मानविय,
ब्यवहार गर्नु पर्ने ।।

मानवियता हराएको कस्तो,
समाज होला हेर ।
सुन्दा पनि कति गाह्रो,
भयो मन जलेर ।।

तिम्रै लागि बाचेकी छु,
लिन आउन प्रिय भनी ।
पियारी लाई लिन जादा,
धेरै आए लास बनी ।।

बाबा आमाको जिउने सहारा,
हेर त्यसै मर्यो ।
बुहारी लिन्छु भन्ने छोरो,
त्यसै लास पर्यो ।।

रचनाकार – गीता बिश्वकर्मा
जलजला-२, बगरफाट, पर्वत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

प्रतिकृयाहरू
...