Wednesday 25th March 2026

जातिय भेदभावको बिरुद्धमा संयुक्त समाजिक आन्दोलन जरुरी छ


जय नारायण माझी थारू – आधुनिक समाजले मानवलाई दुई वटा जात महिला र पुरुष मात्र भनेर परिभाषित गरिरहँदा हाम्रो नेपाली समाज र समुदाय उही रुढीबादी परम्पराबाट ग्रसित भएको पाईन्छ जहाँ उच निच, तल्लो र उपप्लो जातमा बर्गिकृत भएको पाईन्छ । अखिर किन ? के एउटा मानिस अर्को मानिस सरह होइन र ? सबै मानिसको रगत रातो हुन्न र ! हामीलाई थाहा छ सबै मानिसको रगत रातो हुन्छ भनेर तर हामी किन बिभेदबाट मुक्त हुन सकेका छैनौ? के हाम्रो समाज सधै यसरी नै एक अर्काको जातियता, धार्मिकता, उच निच, तल्लो र उपल्लो भनेर बर्गिय बिभाजन गरिरहने ?

कार्ल मार्क्सले भनेका थिए-धर्म अफिम हो भनेर । साच्चिकै धर्मको आडमा एक अर्कालाई तिरस्कृत व्यवहार हुदोरहेछ। समाज भित्र रहेका सम्पुर्ण उत्पीडित समुदायलाई समानता गर्नु नै आपसी मेलमिलापको महत्वपुर्ण कडि हो । जबसम्म समाजमा जातियता समानता जोडिदैनन तबसम्म समजको परिवर्तन हुन सम्भव छैन । समाजमा रहेको रहेक रुढीबादी परम्पराको जडसूत्रलाई अन्त्य गरेर नै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ । समाजभित्र रहेको हरेक बुर्जुवा उदारवाद तोडिनु पर्छ । जबसम्म पुर्ण सहभागितामूलक समाज बन्दैन तबसम्म जातिय बिभेदको अन्त्य हुन सक्दैन । समाज र जनतामा परिवर्तनको ‘स्पिरिट’ लाई जागरुख बनाइ राख्नु पर्दछ । मुख्य कुरा समाजभित्र रहेका विभिन्न किसिमका समुदायलाई समानता सहितको सैद्धान्तिक , बैचारिक र समानताको परिभाषा सिकाउनु पर्दछ । स्वतन्त्रताको खुला आकाशमा रमाउन दिनुपर्छ । यस्तो आकाश जहाँबाट संसारको सबैभन्दा सुन्दरतम सभ्यता र सस्कृतिको दर्शन होस।

समता र समानता यी दुई शब्द सुन्दा एउटै अर्थ लाग्ने जस्तो भए पनि यी दुई शब्दको वास्ताविक अर्थ भने फरक फरक खालको परिभाषा हुन्छ । एउटा तल्लो र अर्को उपल्लो समुदाय बिच समान मूल्य मान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजकि र बौद्धिक विषयका लागि समान अवसर प्रदान गर्नु तथा दुवैलाई समान हैसियत कायम राख्नुलाई नै जातिय र धार्मिक समानता भित्र पर्दछ ।
जातिय समता भनेको कुनै एउटा वर्ग र समाज बीच विभिन्न क्षेत्र तथा समाजका विविध पक्षहरुमा समान पहुँच कायम गर्नका लागि प्रदान गरिने समान न्याय, अधिकार निष्पक्षता र उचित व्यवहारलाई बुझाउँदछ । वर्गिय समाजलाई जन्मजात न्याय कायम गर्नु नै समता हो । तल्लो र उपल्लो दुवैको क्षमता अनुसार व्यवहार गर्नु दुवैको अवस्था अनुसार अवसर प्रदान गराउनु, प्राकृतिक संरचना, क्षमता, स्वभाव अनुसार समान व्यवहार गर्नु अवसर प्रदान गर्नु नै धार्मिक तथा लैङ्गिक समनता हो ।

प्रकृतिको भुगर्भबाट जन्मिएको कोरोनाभाइरस एक न एक दिन समाप्त हुन्छ तर मानिसको बिकार मनस्थितिबाट जन्मिएको जातिय विभेद र अपराधको भाइरस अन्त्य हुन धेरै समय लाग्छ । जातिय बिभेदको जघन्य अपराध रोक्न संबैधानिक उपचार र कानुनी प्रक्रियाले मात्र पुग्ला जस्तो छैन । त्यसैले कडा भन्दा कडा कानुनी उपाय अपनाउन जरुरी हुन्छ। विभेद रहित समाज निर्माणमा सन्देश प्रवाह, समाजमा रुमलिएका बिकृतिपूर्ण कुराहरु जातीय बिभेद, छुवाछुतजस्ता दर्जनौं कु:संस्कारबाट मुक्त गराउन सके मात्र सभ्य समाजको पहिचान हुन सक्ने छ । त्यसैले सदियौँदेखि कचल्टिएर रहेको छुवाछूतरूपी सामाजिक रोगको उपचार गर्न जरुरी छ त्यसका लागि जातिय छुवाछूत अन्त्यको लागि संयुक्त नेतृत्वमा सशक्त सामाजिक आन्दोलनको खाँचो छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...