Tuesday 13th October 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७२ पुग्यो, थप ४३ जना कोरोनामुक्त


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसै गरि मंगलबार ४३ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि १५५ पुगेको छ । मंगलबार कोरोनामुक्त हुनेहरू नारायणी अस्पतालबाट कोभिड-१९ बाट मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा अहिले त्रासको अबस्था सृजना भएको छ साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५६ लाख ११ हजार भन्दा बढि संक्रमित भइ २३ लाख ८८ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ४८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...