Monday 13th May 2024

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७२ पुग्यो, थप ४३ जना कोरोनामुक्त


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसै गरि मंगलबार ४३ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि १५५ पुगेको छ । मंगलबार कोरोनामुक्त हुनेहरू नारायणी अस्पतालबाट कोभिड-१९ बाट मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा अहिले त्रासको अबस्था सृजना भएको छ साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५६ लाख ११ हजार भन्दा बढि संक्रमित भइ २३ लाख ८८ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ४८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट…

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

प्रतिकृयाहरू
...