Tuesday 13th October 2026

नेपालमा ७२ जना नयाँ कोरोना संक्रमित थपिए, कुल संख्या ६७५ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन-तीन जना छन् ।

उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो।

कोभिड-19 को प्रकोपबाट विश्वभर अहिले सम्म ५५ लाख ३ हजार भन्दा बढि संक्रमित भइ २३ लाख ३ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने अहिले सम्म ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार भन्दा बढि रहेको छ । नेपालमा अहिले सम्म संक्रमित कुल ६७५ जना मध्ये १०५ जनाले स्वास्थ्य लाभ गरेका र ५६७ जनाको उपाचार भइरहेको छ भने ३ जनाको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...