Sunday 12th May 2024

नेपालमा ७२ जना नयाँ कोरोना संक्रमित थपिए, कुल संख्या ६७५ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन-तीन जना छन् ।

उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो।

कोभिड-19 को प्रकोपबाट विश्वभर अहिले सम्म ५५ लाख ३ हजार भन्दा बढि संक्रमित भइ २३ लाख ३ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने अहिले सम्म ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार भन्दा बढि रहेको छ । नेपालमा अहिले सम्म संक्रमित कुल ६७५ जना मध्ये १०५ जनाले स्वास्थ्य लाभ गरेका र ५६७ जनाको उपाचार भइरहेको छ भने ३ जनाको ज्यान गएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त…

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् । नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यलयले…

एजेन्सि-रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन ।…

प्रतिकृयाहरू
...