Saturday 3rd October 2026

प्रवासी नेपाली एकता मञ्च ओमानको बैठक सम्पन्न


तितोपाटी – प्रवासी नेपाली एकता मञ्च ओमानले भिडियो कन्फरेन्सबाट बैठक सम्पन्न गरेको छ ।

बैठकमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ओमानमा कार्यरत नेपालीको समस्या लगायत हालै नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सरकारले सार्वजनिक गरेको विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रवक्ता पुर्ण पहाडीले बताएका छन ।

प्रवासी नेपाली एकता मञ्च ओमानले नेपाल सरकारद्वारा नेपालको नयाँ नक्सा आधिकारिक रूपमा सार्वजनिक गरेको कार्यको स्वागत गरेको छ । साथै यो निर्णयलाई यथाशीघ्र कुटनैतिक संवादबाट कार्यान्वयन गर्न र कालापानीमा रहेका भारतीय सैनिकलाई अविलम्ब फिर्ता गरेर हाल भारतीय पक्षद्वारा अतिक्रमित नेपाली भुमिमा नेपाली झण्डा फहराउन माग गरेको छ ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...