Friday 11th September 2026

नेपालमा कोभिड-19 का बिरामी २४९ पुगे


तितोपाटी – विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस(कोभिड-19) को प्रकोपको कारण नेपालमा बिहिबार राती सम्म २४९ जना संक्रमित भएका छन् । बिहिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कुल संक्रमित संख्या २४९ पगेको हो भने अहिले सम्म कोरोना मुक्त हुनेको संख्या भने जम्मा ३५ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार दिएको जानकारी अनुसार काठमाण्डाैंका २ जना, धादिङका १ जना, धनुषाका १ जना, नवलपरासीका  १ जना   र  कपिलबस्तुका १ जनामा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमितहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैं र भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको हो ।

मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो।

अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिले सम्म ४५ लाख भन्दा बढी कोरोना सक्रमित भएका छन्, १७ लाख ७ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरेका र ३ लाख  ३ हजार भन्दा बढिको ज्यान गइसकेको छ भने नेपालमा अहिले सम्म कोरोना भाइरसको कारण ज्यान गएको छैन ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...