Friday 11th September 2026

नेपालमा २६ नयाँ कोरोना संक्रमित, कुल संक्रमित २४३ पुग्यो


तितोपाटी – नेपालमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहान २ जनामा मात्र संक्रमण देखिएकोमा साँझ अरू २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सङ्क्रमण देखिएका व्यक्तिहरू रूपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासी र बाँके जिल्लाको भएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलीरहेको कोरोना भाइरसको कारण संसार भर अहिले सम्म ४३ लाख ९५ हजार भन्दा बढी संक्रमित भएका छन् भने १६ लाख ४३ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । यो रोगबाट मर्ने मानिसहरूको संख्या २ लाख ९५ हजार नाघि सके पनि नेपालमा भने अहिले सम्म १ जनाको पनि ज्यान गएको छैन । नेपालमा यो रोगबाट निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...