Tuesday 13th October 2026

नेपालमा थप १७ जना कोरोना सक्रमित भेटिए, जम्मा संक्रमित ९९ पुगे


तितोपाटी – नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

त्यसैगरी देवकोटाले कोरोना संक्रमण भएर ठिक भएका तीन जनामा पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा आएको जानकारी दिए । रौतहट, पर्सा र काठमाडौका एक एक जनामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको देवकोटाले जानकारी दिए ।

देवकाेटाका अनुसार आज संक्रमण पुष्टि भएकामा दुई महिनाकाे बच्चादेखि ६६ वर्ष उमेर समूहका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...