Friday 2nd October 2026

कुवेतमा आज पनि ३ नेपाली सहित २८४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाइरस (कोभिड-१९) बाट कुवेतमा अप्रिल-३० तारिक बिहिबार सम्म ६४ नेपाली सहित ४,०२४ जना संक्रमित भएका छन ।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २८४ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित १२५ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो २४ घन्टामा ५१ र ५४ बर्षिय दुई भारतिय नागरिकको मृत्यु भएको छ, भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। यसै गरि पछिल्लो २४ घन्टामा १५० जनाले स्वास्थ्य लाभ गरेका छन ।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकारी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ, भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन । त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ ।

आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ४,०२४ संक्रमित मध्ये ६६ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ, भने अहिले सम्म १,५३९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...