Monday 26th October 2026

काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो


तितोपाटी- काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । उनीहरू दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखिएका उनीहरूको पीसीआर परीक्षणपछि कोरोना संक्रमण भए/नभएको पुष्टि हुनेछ । उनीहरू दुवैको अवस्था सामान्य रहेको छ । -साभार रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...