Friday 2nd October 2026

लकडाउनमा नेपालकै कारणले रेमिटेन्स भित्रिन रोकियो


तोयानाथ उपेक्षित, बैदेशिक रोजगारीमा रहनेहरुले आफ्नो परिवारलाई नेपाल पैसा पठाउन पाईरहेका छैनन । कुवेतमा रहेका मनि ट्रान्सफर कम्पनीहरुमा पुगेका नेपालीहरु घर पैसा पठाउन नपाउदा चिन्तित बनेका छन । नगद मुक्तानी नेपालमा लकडाउनका कारण हुन नसक्ने भएकाले उतैबाट रोकिएको यहाँका एक्सचेन्ज कम्पनीहरुले बताएका छन ।

कोभिड १९ को संक्रमण फैलनबाट रोक्नका लागि लगभग विश्वभरी लकडाउनको स्थिती छ । तर विदेशमा रहेका बैंकिङ कारोवार गर्ने संस्थाहरुलाई कारोवार बन्द गर्न भनेको छैन । यसर्थ यो समस्या नेपालको कारणले भएको देखिन्छ । कुवेतमा लकडाउनको समयमा पनि फार्मेसी, सुपरमार्केट, बेकरी, ग्रोसरी र अस्पताल जस्तै मनिएक्सचेन्जहरु खुल्ला रहेका छन ।

अलमुल्ला एक्सचेन्ज नेपाल कोअर्डिनेटर भुवन सुवेदीले कोसेली न्युजसँग कुरा गर्दै भन्नुहुन्छ “एउटा नेपालीले लगभग ५० हजार मात्र पठाउदा पनि उक्त एक्सचेन्जबाट दैनिक २ करोड ५० लाखको रेमिटेन्स नेपाल जानबाट रोकिएको छ” । नेपालमा भएको लकडाउनको कारण रेमिटेन्स कम्पनीहरुले अहिले नेपालको सेवालाई निस्क्रिय पारेका छन । यसैगरी युएई एक्सचेन्ज कुवेतका सीटी एरिया म्यानेजर राम बस्नेतका अनुसार “उहाँको एक्सचेन्जबाट सरदर मासिक ५० करोड रेमिट्यान्स नेपाल जाने गरेको छ । कुनै एक्सचेन्जहरुले ग्राहकलाई सेवा दिएका भए पनि नेपालमा तुरुन्त भुक्तानी हुने संभावना देखिन्दैन । बस्नेत भन्नुहुन्छ नेपाल राष्ट्रिय बैैकको खजना शाखा निश्चित समयका लागि दैनिक खुला रहने भएकाले पठाउन सकिन्छ” । उसो भए नेपालीहरुले पठाएको पैसा तिनका परिवारले तुरुन्त पाउन सक्छन त भन्ने प्रश्न गर्दा “त्यो त्यहाको नजिकको सेवा सर्भिस दिने शाखामा भर पर्ने र केहीमा ढिलो पनि हुन सक्ने बताउनु हुन्छ” । तर सुवेदीको तर्क भने फरक छ । “ग्राहकको पैसा होल्ड गर्दा ३० दिन पछि पैसा व्याक हुने गर्दछ । त्यस अवधीमा रेटको फरकले पार्ने समस्या छुट्टै हुने हुदा अहिले हामीले नेपालतिरको बाटो स्पष्ट नहुदा सम्म नलिएका हौ । उहाँले यो समस्या केही दिनमा नै टुंगो लाग्ने पनि बताउनु हुन्छ” ।

कुवेतमा अलमुल्ला, युएई, लुलु, बीईसी, मुजेनी, डलरको, लगायत दर्जनौ मनि ट्रान्सफर कम्पनीहरु छन । सवैबाट नेपाल जाने एक मुष्ट रेमिट्यान्सको रकम निक्कै ठुलो छ । एक तथ्यांक अनुसार नेपालमा धेरै रेमिट्यान्स जाने मुलुकको नवौ नम्बरमा कुवेत पर्दछ ।

यसरी नै थर्ड पार्टी हुदै व्याक्तिको एकाउन्टमा जाने पैसा मा पनि समस्या रहेको बताईन्छ । सवै बैंकहरुको बीच यसलाई समन्वयात्मक निकाश नदिदा सम्म बैंक एकाउन्टमा एक्सचेन्जहरुलाई ट्रान्सफर गर्न गाह्रो हुने हुन्छ । पैसा पठाउने कामदारहरुले एक्सचेन्जमा दुरी कायम गरेर आफ्नो पालोमा पैसा पठाए जस्तै नेपालमा पैसा निकाल्न पाउने गरी तत्काल कुनै पहल नभए बैदेशिक रोजगारीको भरमा बाँचेका परिवारलाई निक्कै कठिनाई आईपर्ने देखिन्छ ।

बैदेशिक रोजगारीमा काम गरिरहको मानिसहरुको तलब कतिपय कम्पनीले हरेक महिनाको २० तारिकबाट हाल्न शुरु गर्दछन भने कतिपय कम्पनीले महिनाको अन्तिम साता र आउदो महिनाको पहिलो साता सम्ममा पठाउछन । अहिले तलब बुझ्ने समयमा घर परिवारमा पठाउने पैसा व्याक्तिका जेबमा फ्रिज हुदा अनावश्यक फजुल खर्च बढ्ने हुन्छ । यसो हुदा तिनको परिवारलाई मात्र नभएर समग्र मुलुकमा जाने रेमिटेन्समा पनि असर पर्ने देखिएको छ । नेपाल सरकार र सम्बन्धित निकायले बैदेशिक रोजगारबाट घर परिवारमा पठाईने पैसालाई सहज ढंगले पाउन सक्ने बातावरण मिलाउन जरुरी देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...