Friday 11th September 2026

पूर्वअनेरास्ववियुका नेतालाई बलात्कार मुद्दामा ८ वर्ष ६ महिना कैद


काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ ।

जिल्ला अदालतले राईलाई दोषी ठहर गर्दै आठ वर्ष ६ महिना कैद तथा पीडित युवतीलाई एकलाख पचास हजार रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनाएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त फैसला गरेको हो । राईमाथि गत वर्षको तिहारमा भैलो खेल्ने बहानामा युवतीलाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लागेको थियो ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि राईलाई प्रहरीले पक्राउ गरेकाे थियाे । उनीमाथि प्रहरीले काठमाडाैं जिल्ला अदालतमा जबर्जस्ती करणी अभियाेगमा मुद्दा दर्ता गरेको थियो ।बलत्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेला राईलाई अनेरास्ववियुुले निलम्बन गरेको थियो ।
-नयाँपत्रिकाडेलीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...