Wednesday 22nd July 2026

चीनको बुहानबाट आएका नेपाली कहाँ छन ?


तोयानाथ उपेक्षित – चीनको बुहानबाट सरकारी उद्धारमा परेर लामो सास फेर्दै नेपाल आईपुगेका र १६ दिन खरिपाटीको क्वारेन्टाईन सकाएर परिवार सँग खुशी साट्दै घर तिर लागेको १७५ जना भाग्यमानी नेपालीहरु यतिबेला कहाँ छन ? म उनीहरुलाई खोज्दैछु ।

प्रदेशमा त्रासले बाँच्नु पर्दा कस्तो मनोविज्ञान भयो भन्ने पलपलको हिसावकिताव गहिरोसँग उनीहरुलाई थाहा छ । अहिले उनीहरुका ती दिनका अनुभुती विश्वभरी रहेका श्रमिक नेपालीहरुलाई हुन थालेको छ । लगभग विश्व नै बुहानमा परिणत हुदै गएको अवस्थामा कोरानाबाट को अपरिचित होला र ? उनीहरुले सरकारसँग मागेको गुहाँरलाई सवै नेपालीहरुले त्यतिवेला नसघाएका भए अहिले पनि उनीहरु रुदै हुने थिए होला । विदेशमा हुने लाखौ श्रमिकहरुले त झन जोडबल लगाएर सरकारलाई दवाव दिएकै हुन । उद्धार गर्न ढिलो गर्यो भनेर सामाजिक सञ्जाल र अनलाईनमा पटक पटक चिच्याएको नाताले म उहाँहरुको खोजखबर गर्न यहाँ हाजिर भएको छु ।

बुहान ईपीसेन्टर थियो कोरोनाको अनि फसेका नेपालीको संख्या एउटै जहाजमा ओर्सान सकिने थियो । समयले सवैलाई गंभिर बनायो । ती मध्ये अधिकांश उच्च शिक्षाका लागि पढन गएका विद्यार्थीहरु त्यसै पनि राष्ट्रका भविष्य  र होनाहार संपत्ति हुन । उनीहरुलाई सरकारले उद्धार गर्यो र बचायो । यसमा सवै नेपालीहरुको योगदान छ । तर अब त्यो समय छैन । सरकारले कसलाई उद्धार गरोस ? धर्ति नै फाट्ने गरि चिच्याए पनि नेपाल सरकाले कोरानाबाट त्रसित विश्वका नेपालीहरुलाई देश फिर्ता लादैन ।

मृत्युदर हेर्ने हो भने चीनलाई ईरानले उछिनी सकेको छ । कोरिया पछिपछि छ । युरोपको ईटलीमा डेढ करोड मानिस लक डाउनमा परिसकेका छन । खाडी राष्ट्रमा कोरोना छताछुल्ल भएको छ । नेपालीहरु मध्यपुर्व र पूर्वी एसियामा मात्र पनि १६ लाख भन्दा माथि छन । यहाँ काम गर्ने सवै नेपाली श्रमिकहरु त्रसित छन तर यी देशहरुमा अझै नेपाली पठाउन सरकारले छाडेको छैन । अझ लाजमर्दो कुरा त सरकारी टोलीहरु घरेलु कामदारको बजार खोज्दै यतै आएका छन रे ? हे भगवान कस्ता मानिसले बनेको देश हो नेपाल ? बेला न कुवेला टिकी ट्यास ट्यास भनेको यहि हो । कोराना प्रभावित देशको भ्रमण गर्ने कतिपय देशले स्वयम क्वारेन्टाईनमा बस्न थालेका छन । हाम्रा देशका कर्मचारीलाई विदेश घुम्न र भत्ता थाप्न पाए भयो । कोरनाले लैजाओस भन्न नहुने, देशै सखाप होला भन्ने डर तर रिस चाहि यति उठेको छ खै के भनौ अरु ।

के जनताको जीवन भन्दा रेमिट्यान्सको धेरै चिन्ता भएको हो सरकारलाई ? किन पठाउदैछ खाडीमा मानिसहरु अझै । हामीलाई थाहा छ नेपाल सरकारको तागत छैन फिर्ता लाने । हामी सवै फिर्ता लग्ने नै हो भने देश के ले चलाउने ? नेताले के खाने भन्ने उनीहरुको चिन्ता पनि हामीले नै गर्न परेको छ । त्यहि भएर हामी चुप छौ । यसको मतलब हामीलाई डर लागेको छैन भन्ने होईन । हाम्रा घर परिवारले हामी माथि चिन्ता गरेका छैनन भन्ने होईन । हरेक दिन आफु बसेको देशमा कोरना संक्रमितहरुको डाटा हामीले पठाईरहेका छौ । हाछ्यु लाग्दा ढुकढुक मन पार्दै आफैलाई संझाउछौ । कसैले खोक्यो भने आँखा तरेर हेर्नेको कमि छैन आजभोली यहाँ । दिनमा तातो र रातमा चिसो खाएर बाँचेका हामीलाई जुरुक्क उठदा नाक नटालिएको दिन हुदैन । विस्तारै बाहिरको तातोले सेकाउन थालेपछि १० बजेतिर निको भईहाल्छ तर भएन भने के सोच्ने ? कोरोनाको लक्षण नै यहि विन्दुबाट शुरु हुने भएका ले आज भोलीको स्वास्थ्य चिन्ता र चासो नै फरक भईसकेको छ । नोकरीको चिन्तालाई जोखिम सँग साटेर कार्यस्थलमा खटिएका लाखौ श्रमिकहरुलाई कसले माया गर्ने र ? किन गंभिर बन्दै छैन यो सरकार ? के बुहानका नेपालीको जस्तो भाग्य अन्त कतै बस्ने नेपालीको होला र ? जे होला होला भगवान भरोसामा बाँच्न विवश हाम्रो चिन्ता तपाईहरु नगर्नुस हामी आफै लिन्छौ । तर देशको चिन्ता गरियोस । बुहानबाट फर्कने १७५ जना नेपालीहरुले राष्ट्रको चिन्ता गरिदिउन । कोरनाको विषयमा उनीहरुले अभियान चलाउन । एक जनाले अभियानको नेतृत्व गर्दा १७५ वटा समुह बन्न सक्छ । जो जहाँको हो उसले त्यही देखिने भुमिका गर्न सक्छ । यो मौका पनि हो । जो अनुभुतीले उनीहरुलाई टर्साइरहेको छ । जति उनीहरुले राक्षसी कोरनाबाट बँच्ने अभियानलाई जीवन्त बनाउन सक्छन । अरुले त्यति सक्दैनन भन्ने विश्वास नै यो लेखको मनसुवा पनि हो ।

परेको लाई नै पीडा थाहाँ हुने हो, नपरेकालाई त अरुको पीडा सेल्फीको विषय पनि बन्न सक्छ । यसर्थ सर्वाधिक खोजीमा रहेका बुहान बाट फर्केका नेपालीहरु कहाँ छन भन्ने नै मेरो चासो हो । यति बेला हामी प्रवासीको कुरा छाडीदिनुस जो जान्ने बुझ्ने हुनुहुन्छ नेपाललाई कोराना बाट बचाउन लाग्नुस । यो समय राजनीतिका भाषण छाट्ने बेला होईन । नेपालीहरुलाई बचाईयोस । नेपाल रहे बाँचेका नेपाली संसारको कुनै पनि कुना बाट आउन सक्छन । नेपाल नै नरहने अवस्था आए उनीहरु बाँचेर पनि कहाँ आउने ? घर परिवार नै नरहे को सँग भेट्ने ? पैसा जति कमाए पनि त्यो के गर्ने ?

यसर्थ यति बेला दक्षिणका बोर्डरमा नागरिकको मानब साँङलोको जरुरत छ । भारत र बंगलादेशमा यसको प्रकोप फैलिदो छ । हवाई जहाज बाट आउने भन्दा भयंकर खतरनाक त्यो बाटो हुन सक्छ । ईरानबाट आउनेले सिंगो खाडीमा कोरना फैलाए झै कतै नेपालमा त्यस्तो नहोस । कोरोना रोक्न चाहिने प्रयासमा सवैले शक्ति खर्चने वेला हो । सरकारले अव न पर्यटन न रोजगार । कोरना प्रवावित देशमा जान आउन पूर्ण रुपमा केही सातालाई मात्र भए पनि रोक लगाओस । पछि हुन सक्ने भयावह क्षतिलाई नजरअन्दाज नगरियोस । त्यसबेला जनताले कदापी माफी गर्ने छैनन । यो प्रिभेन्टिभ एक्सनको समय हो पछि रोएर कोही आउदैनन कोराना समाल्नका लागि । ६ महिनाको नाकाबन्द सहेका नेपालीले आफ्नो रक्षाको लागि सवै खालको कष्ट सहनेछन बेलैमा चेतना भया ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...