Monday 27th January 2025

सगरमाथा साहित्य प्रतिष्ठानले विश्वव्यापी कविता प्रतियोगित गर्ने, विजयी प्रतियोगीलाइ रू. ५५५५५।- पुरस्कार


सगरमाथा साहित्य प्रतिष्ठानले विश्वव्यापी कविता प्रतियोगित २०७६ गर्ने भएको छ। प्रतिष्ठानले एक सूचना प्रकाशित विश्वव्यापी कविता प्रतियोगिता गर्न लागेको जनाएको कुरा कुवेतका साहित्य सर्जक एवं कोसेली समुहका मरूभूमि हालचाल प्रमुख अमर खड्काले तितोपाटी डट कम लाइ जनाएका छन्। देश विदेशमा छरिएर रहेका नेपाली साहित्यका श्रष्टा साहित्यकारलाई एकजुट गराउने उद्देश्यले स्थापित सगरमाथा साहित्य प्रतिष्ठान नेपालले विश्वव्यापी कविता प्रतियोगिता गर्न लागेको जाकारी गराउँदै कविता प्रतियोगिता सम्बन्धी नियमहरू समेत सार्वजनिक गरेको छ।

सूचनाको साथ सार्वजनिक गरिएको नियमानुसार कविता प्रतियोगितामा सहभागी हुन चाहने विश्वभरका कवि/कवयित्रीहरूले फाल्गुन १ गते भित्र इमेल मार्फत कविता पठाइसक्नु पर्नेछ। उक्त मिति भन्दा पछि प्राप्त कवितालाइ प्रतियोगितामा सहभागी गराइने छैन। कविता गद्य र पद्य दुबै पठाउन पाइने छ तर गद्य कविता १५० सम्मको र पद्य कविता ५ श्लोक भन्दा बढीको स्वीकार्य हुने छैन। राजनैतिक पुर्वाग्रह, साम्प्रदायिक सद्भाव खलबलिने खालको गाली गलाैज गरिएका कविताहरू अस्वीकृत हुनेछन् । अंग्रेजी र नेपाल भित्र बोलिने जुनसुकै भाषामा कविता पठाउन सकिनेछ तर उक्त कविता नेपाली भाषामा अनुदित गरिएको हुनु पर्नेछ।

एकै सर्जकले एक भन्दा बढी कविता पठाएमा अन्तिम पटक प्राप्त कवितालाइ प्रतियोगितामा सहभागी हुन दिइनेछ। कविता प्रतियोगिताको नतिजा २०७७ साल बैशाख १ गते सार्वजनिक गरिनेछ भने सर्वोत्कृष्ट एक कवितालाइ रू. ५५,५५५।- नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट १० कविता पठाउनुहुने कवि/कवयित्रीहरूलाइ प्रमाणपत्रको साथ सम्मान गरिनेछ साथै उत्कृष्ट ५१ कविताहरूलाइ संग्रहको रूपमा प्रकाशित गर्ने पनि प्रतिष्ठानले जनाएको छ।

कविता प्रतियोगिताका नियमहरु जस्ताको तस्तैः
१. प्रतियोगितामा सहभागी हुन चाहनुहुने कविज्यूहरूले पठाउने कविता नितान्त मौलिक हुनु पर्नेछ । कविज्यूहरूले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेल [email protected] मा आगामी फाल्गुन १ गतेभित्र पठाईसक्नु पर्नेछ । (इमेल बाहेक अन्य माध्यमबाट प्राप्त कवितालाई मान्यता दिईनेछैन)

२. गद्य कविताको शब्द सीमा अधिकतम एकसय पचास (१५०) र पद्य कविता बढीमा पाँच श्लोकको हुनुपर्नेछ । सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल गर्ने विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत: अस्वीकृत हुनेछन् ।

४. कविताको विषयवस्तु र स्वरूप बारे कविज्यूहरू स्वतन्त्र रहनुहुनेछ ।

५. अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले प्रतियोगितामा प्रवेश पाउनेछन् तर उक्त कविताहरूका अनूदित नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्नेछ ।

६. कविता युनिकोडमा मात्र पठाउनु पर्नेछ ।

७. कविता पूर्णत: मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित/प्रसारित नभएको, अन्य कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ । विजयी रचनामा यसप्रकारको दाबी विरोध भई आएमा त्यसलाई खारेज गरी उत्कृष्टता क्रमको अर्को कवितालाई विजयी मानिनेछ ।

८. एकजना प्रतियोगीले एउटा मात्र कविता पठाउनु हुन सूचित गरिन्छ । एउटै कविज्यूको एकभन्दा बढी कविता सहभागिताको लागि आएमा अन्तिममा प्राप्त भएको कवितालाई मात्र प्रतियोगी कविता मानिनेछ ।

९. प्राप्त भएका प्रतियोगी कविताहरुलाई आन्तरिक समितिले उच्च गोपनीयताका साथ कविज्यूहरूका सम्पूर्ण परिचय हटाएर कोड सिस्टममा राखी मुल्यांकनको लागि निर्णायक समितिमा पठाइने छ । यसर्थ निर्णायक ज्यूहरूलाई पनि कोड मात्रै थाह हुने र कविज्यूहरूबारे जानकारी नहुने बनाईनेछ ।

१०. यस सगरमाथा साहित्य प्रतिष्ठान सम्बद्ध व्यक्ति बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी कविज्यूहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनुहुनेछ।

११. यो प्रतियोगिताको विजयी कवि केवल एकजना हुनुहुनेछ । सर्वोउकृष्टताको आधारमा सर्वोत्कृष्ट हुनुहुने एक जना कविज्यूलाई पचपन्न हजार पाँच सय पचपन्न (५५,५५५) रुपैयाँ नगद सहित प्रमाणपत्र नेपालमा यथासिघ्र कार्यक्रमको आयोजना गरि प्रदान गरिने छ ।

१२. प्रतियोगितामा उत्कृष्ट हुनुहुने दश (१०) कविज्यूहरूलाई प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

१३. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आन्तरिक छनौट समितिको रहने छ ।

१४. प्रतियोगितामा उत्कृष्ट हुनुभएका दश कविज्यूहरुका कविताहरुका साथमा विश्वभरि छरिएर रहनुभएका नेपाली काव्य साहित्यमा कलम चलाउदै आउनु भएका कविज्यूहरूका कविताहरू सहित एकाउन्न कविज्यूहरुका कविताहरू समावेश गरि सगरमाथा साहित्य प्रतिष्ठानले कविता कृति निकाल्ने छ ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल
सम्पर्कः ९७१५४३५६३८८१


सम्बन्धित शीर्षकहरु

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

प्रतिकृयाहरू
...