Tuesday 6th October 2026

पादरीको धन्दाः परमेश्वरको डर देखाउँदै पटक-पटक बलात्कार


तितोपती-ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो ।

तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै बलात्कार गर्दै आएको खुलेको हो । पीडित महिलाका अनुसार पादरीले आफूसँग शारीरिक सम्पर्क गरे पाप नष्ट हुने भन्दै पटक-पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् ।

बाथ सम्बन्धी र शरिरको खुट्टाहरु काम्ने रोग चर्चमा गए निको हुने विश्वासका आधारमा आफू चर्चमा गएको र चर्चका पादरीले त्यसको फाइदा उठाएको उनले उल्लेख गरेकी छिन् ।

चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउन शारिरीक सम्पर्क गर्नुपर्छ भन्दै बलात्कार गरेको उनले जनाएकी छिन् ।-खबरहब बाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...