Tuesday 29th September 2026

धुर्मुसको रंगशाला अभियानलाई कुबेतबाट बलायरले पठाए आर्थिक सहयोग


तितोपाटी – जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि कुबेतबाट आर्थिक सहयोग पठाईएको छ । चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा  शुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई   कुवेतमा कार्यरत एवंम  सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु  कार्यरत कम्पनि तारिक अल्घानिममा कार्यरत  नेपालीहरुबाट संकलित रकम जम्मा (२०० केडी ) नेपाली रुपियाँ ७५३७४ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन ।

कुबेतबाट अभियान  चलाएका बलायरको कुवेत आगमन पछि आफ्नो क्षेत्रको “कला संस्कृतिको जगेर्ना”र समाजको प्रतिनिधत्व गर्दै समाजिक र मानविय कार्य गर्दै आएकाछन्। ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बलायर सामजिक कार्यमा सक्रिय रहेका छन ।
चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ । यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली नागरिकको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रङ्गशाला हुनेछ ।यसमा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...