Tuesday 6th October 2026

सौतेलो बुवाद्धारा ४वर्षीया छोरीको बलात्कार गरी हत्या


तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा चुनारालाई पक्राउ गरिएको जानकारी दिए। बालीकाको बलात्कारपछि हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले बताए।

बालिकाको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चुनारा मदिरामा लठ्ठ रहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भईरहेको छ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...