Tuesday 6th October 2026

पक्राउ परेका १२२ चिनियाँबारे प्रहरीले थाल्यो अनुसन्धान


तितोपाटी- शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताए ।

काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सिङ्गो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका थिए ।

सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त छापा मारेको हो । पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रूपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिएका छन् । उनीहरूलाई पक्राउ गर्न चीनबाट नै सुरक्षा अधिकारी नेपाल आएको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...