Friday 11th September 2026

राष्ट्रियसभाको निर्वाचनका लागि ११ दलले दिए निबेदन


तितोपाटी -माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। राष्ट्रियसभामा भाग लिन आयोगले आह्वान गरेबमोजिम आइतबार अन्तिम दिनसम्म ११ दल आयोगमा दर्ता भएका हुन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दर्ता भएका हुन्।

प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्था बमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ पद रिक्त हुँदैछ। उक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनका लागि आयोगले पुस २० गते उम्मेदवारी दर्ताका लागि कार्यतालिका सार्वजनिक गरिसको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...