Friday 11th September 2026

राप्रपाको तर्फबाट मेयरका उम्मेद्वार मिश्रामाथि कुटपिट


कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा शनिबार साँझ राप्रपा तर्फबाट मेयरका उम्मेद्वार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रामाथि हातपात भएको छ। हातपातबाट मिश्रा घाइते भएका छन्। घाइते मिश्राका आफन्त र परिवारले मिश्रालाई सांसद अभिषेक प्रताप शाह र उनको गाडी चालक शशि कस्यपले निर्घात कुटपीट गरेको आरोप लगाएका छन्।सांसद शाहले आफ्नो घरमा बोलाएर मिश्रालाई कुटपीटपछि कृष्णनगर बजारमा ल्याएका साँझ छाडिएको मिश्राको परिवारहरु बताउँछन्। घटनामा नाम मुछिएपछि विज्ञप्ती निकाल्दै सांसद शाहले आफ्नो त्यसमा कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

मदिराले मातिएको मिश्रा र आफ्नो गाडी चालकबीच भनाभनपछि हातपात भएको उनले बताए। ‘घटनामा मेरो कुनै संलग्नता छैन, घटनाको निश्पक्ष छानबिन गर्नुपर्छ’ उनले विप्तीमा भनेका छन्। घाइते मिश्राको नाक र शरीरको विभिन्न भागमा चोट लागेको छ। मिश्रालाई उपचारका लागि शनिबार साँझै बहादुरगंज अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाईएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए।

घाइते मिश्रा र उनका परिवारले घटनामा सांसद शाह र उनका गाडी चालक कश्यप संग्लन रहेको आफुलाई जानकारी गराएको मल्ले बताए। तर अझैसम्म कहीँबाट जाहेरी नआएको उनले बताए। उता राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले विज्ञप्ती निकाल्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।मिश्रा भन्सारको क्लीयरीङ एजेन्टकारुपमा काम गर्दै आएका छन्। शनिबार दिउँसो शिवानगरमा पृथ्बी जयन्ती मनाउने विषयमा राप्रपाले राखेको बैठकमा उनी सहभागी थिए। राप्रपा पार्टी श्रोत अनुसार मिश्रा र सांसद शाहबीच व्यापारिक विषयमा विवाद थियो।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...