Saturday 27th April 2024

पत्नीसहित गाउँपालिका अध्यक्षको अपहरण


तितोपाटी- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए।

भाइ हस्तका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका-२स्थित श्रीपाटामा रहेको आफ्नै घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन्।उक्त समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे १ बजेतिर छोडिदिएको हस्तले जानकारी दिए ।

शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले घटना जानकारीमा आएपनि कसले अपहरण गरेको भनी पुष्टि नभएको बताए . आइतबार बिहान सुरक्षा समितिको बैठक बसी अपहरितको खोजी तीब्र पारेको उनले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको…

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

प्रतिकृयाहरू
...