Tuesday 13th October 2026

कर्णालीमा मानसिक रोगको संख्यामा वृद्धि


तितोपाटी-कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका छन् । कामको बोझ, गरिबीलगायतका कारणले कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका मनोविदहरू बताउँछन् । कर्णाली प्रदेश अस्पताल, सुर्खेतका अनुसार साउन २०७६ देखि हालसम्म १ हजार ४ सय ५३ जना मानसिक रोगका बिरामीको उपचार भएको छ ।साउन महिनामा ४ सय ३९, भदौ महिनामा ३ सय ७३, असोज महिनामा १ सय ६१, कात्तिक महिनामा २ सय ८८ र मंसिरमा ३ सय दुई जना मानसिक रोगकाे उपचार भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा उपचार गर्न आउनेमध्ये ६० प्रतिशत डिप्रेसन, १५ देखि २० प्रतिशत चिन्ताजन्य एवं चिन्ताबाट उत्पन्न हुने शारीरिक तथा अन्य समस्याहरू, ५ देखि १० प्रतिशत कडा खालका मानसिक रोग र ५ देखि १० प्रतिशत छारे रोग, मादक पदार्थ तथा लागूपदार्थको लत, डिमेन्सिया (बिर्सने रोग) बिरामी रहेको कर्णाली प्रदेश अस्पताल मनोचिकित्सक डा. सुशील समदर्शीले बताए ।

‘कर्णालीमा प्रदेशमा अस्पतालमा अधिकांश बिरामीको उपचार यहीँ हुने गरेको छ’, उनले भने, ‘केहीलाई थप उपचारका लागि रिफर गर्ने गरिएको छ ।’कर्णाली प्रदेशमा मानसिक रोगका बिरामी बढ्नुमा दश वर्षे लामो सशस्त्र द्वन्द्व, लामो समयदेखिको राजनीतिक अस्थिरता, रोजगारीका लागि युवाहरूको ठूलो हिस्सा विदेश पलायन, जनसंख्यामा वृद्धवृद्धाको बढ्दो हिस्सा, गरिबी तथा अव्यवस्थित शहरीकरण, घरेलु तथा लैंगिक हिंसा, सामाजिक विभेद, प्राकृतिक विपत्तिले गर्दा भएको धनजनको क्षतिले निम्त्याएको पीडा, आन्तरिक बसाइँसराइ, प्रविधिको दुरूपयोग आदि रहेको मनोचिकित्सक डा. समदर्शीले बताए ।

‘कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ’, उनले भने, ‘यसबाट बालबालिका, किशोरकिशोरी, प्रजनन् उमेर समूहका महिला तथा गृहणी महिलाहरू र वृद्धवृद्धाहरू बढी जोखिममा रहेका छन् ।’मानसिक रोग बढ्दै गएमा मानिसले आत्महत्याको बाटो रोज्ने गरेको र त्यसको समयमै उपचार र निदान हुन जरुरी रहेको मानसिक स्वास्थ्य तरामर्शथा प केन्द्र, नेपालका मनोपरामर्शदाता हिमाल गैरैले बताए । ‘मानसिक रोगहरूमा चिन्तासम्बन्धी (एन्जाइटी) रोगहरू, अवसाद (डिपे्रसन), मानसिक असन्तुलन, छारे रोग, मद्यपानको लतलगायत रहेका छन्’, उनले भने, ‘मानसिक रोगका कारण आत्महत्या गर्नेसमेत भएको छ ।’

कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएको र मानसिक रोगका कारणले आत्महत्याको गर्नेको क्रम पनि बढ्दै गएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपाल सुर्खेतका कार्यक्रम संयोजक कालीबहादुर कामीले पनि बताए । ‘कर्णालीमा आत्महत्याको दर बढ्नुमा मानसिक रोग पनि एक हो’, उनले भने, ‘आत्महत्याको दर घटाउन योजनाबद्ध तरिकाले मानसिक रोगको उपचारको उपाय सोच्नुपर्छ ।
-शिलापत्र


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...