Thursday 18th June 2026

जाडोमा महिलालाई किन बढी डिप्रेसन ?


काठमाडौं -आजका पुस्तामा डिप्रेसन एक ठूलो रोगको रुपमा विकास भएको छ । यस्ता धेरै कम व्यक्ति भेटिन्छन् जो डिप्रेसनको शिकार बनेका हुँदैनन् । डिप्रेसन धेरै किसिमको हुन्छ । तीमध्ये विन्टर ब्लुज जाडोमा हुने डिप्रेसन हो । जाडो मौसम नजिक भएसँगै अझै डिप्रेसनका बिरामी बढ्ने एक अनुसन्धानले पत्ता लगाएको छ। जाडो मौसममा हरेक व्यक्ति चिसो हावा, तातो खाना, सुप वा रोमाञ्चक मौसमको मजा लिने गर्छन् । तर यही रोमाञ्चक मौसम कसैको उदासीनता र दु:खको कारण बन्न सक्छ। जसलाई चिकित्साशास्त्रमा ‘एफेक्टिभ डिसअर्डरु वा ‘विन्टर ब्लुज’ भनिन्छ।

विन्टर ब्लुजका कारण मानिसमा निराशा, एक्लोपन, झर्किने कमजोरी र नकारात्मक सोचको विकास हुने गर्छ । पुरुषको तुलनामा यस प्रकारको डिप्रेसन धेरै महिलालाई हुने गर्छ ।अहिलेको आधुनिक समयमा महिलालाई घर-परिवार सँगसगै करियर र अन्य जिम्मेवारी हुन्छन्। अफिसमा छुट्टी भएको दिनमा पनि महिलाले घरको काम गर्छन्, जसको कारण उनीहरुलाई आराम गर्ने समय हुँदैन ।यसले पनि महिलालाई डिप्रेसनतिर जान मद्दत गर्छ। महिलालाई डिप्रेशन हुने अर्को कारण हार्मोनको परिवर्तन पनि हो।

मनोविद गोपाल ढकालका अनुसार पुरुषको तुलनामा महिलामा बढी डिप्रेसन देखिनुको धेरै कारण छन् । महिलामा तनावलाई सहने क्षमता कम हुनु, सानो घटनाले छिटो प्रभाव पर्नु, हरमोनको परिवर्तन भइ रहनु, लैंगिक हिंसा, घरेलु हिंसा र बच्चा जन्मेपछि महिलालाई मात्र हुने पोष्ट नेटल डिप्रेसनका कारणले गर्दा यस्तो हुने गर्छ ।

उनी भन्छन्, ‘आजको दिनमा सबै मानिस आफ्नै काममा व्यस्त रहने गर्छन् । एक अर्कासँग एकछिन बसेर बोल्ने फुर्सद पनि छैन् । व्यस्तताले भरिएको जिवनमा जाडो बाट बच्न पनि मानिसहरु अनेकौं उपाय अपनाउने गर्छन् । बाक्लो कपडा, ग्यार हिटर र गिजरको प्रयोग गछौं तर घामको किरणबाट पाइने तातो र ग्यास हिटर जस्ता सामानबाट पाइने तातोमा धेरै फरक हुन्छ । ‘

उनका अनुसार शरीरमा पाइने सेरोटोनिन हार्मोन घामको प्रकाशबाट मात्र पाउन सकिन्छ । घामको आवश्यक किरण शरीरले नपाएमा न्युरो सेरोटोनिनको प्रयोग कम हुने गर्छ । जुन न्युरो केमिकल सेरोटोनिनको कम प्रयोगले विन्टर ब्लुज हुने गर्छ ।

कुनै पनि उमेरका व्यक्तिलाई यो रोग लाग्न सक्छ । पहिले नै कुनै प्रकारको डिप्रेसनबाट ग्रसित भएका लागि भने विन्टर ब्लुजले निकै सताउँछ । यसले मानसिक सन्तुलन खलबल गरी काममा अवरोध निम्त्याउने गर्छ । मानिस जति नै बलियो भएता पनि डिप्रेसनको शिकार बन्न सक्छ । विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा ३ सय मिलियनको संख्यामा मानिस डिप्रेसनको शिकार बन्न पुग्छन् ।

विन्टर ब्लुजका बिरामीका लागि सानो समस्याले पनि ठूलो रुप लिने गर्छ । जसकारण बिरामीको दिमागमा गहिरो असर परेर मानसिक तनाव बढाउने गर्छ । समयमै यस रोगबाट सजिलै छुटकारा पाउन सकिन्छ । यसका लागि धेरै उपायहरु बिरामीले अपनाउन सक्छन् । जाडो मौसममा विन्टर ब्लुजबाट बच्नका लागि केही उपाय अपनाउन सकिन्छ ।

व्यायाम
विन्टर ब्लुजबाट बच्नका लागि व्यायाम वा योगा एकदमै उपयोगी छ । योगाले श्वासप्रश्वासमा सहयोग गराई बिरामीको दिमागलाई ताजा बनाउँछ। बिहान १ घण्टाको समय आफूलाई छुट्याउने हो भने पुरा दिन मन शान्त र शीतल महसुस गर्न सकिन्छ ।

भिटामिन सी
चिसो मौसममा विन्टर ब्लुज हुनु धेरै सामान्य विषय हो । गर्मी मौसमको तुलनामा जाडोमा हामी अल्छि महसुस गर्छौं। तर भिटामिन सी को प्रयोग सही रुपमा गर्ने हो भने यसले दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्छ । कागती, सुन्तला, किवी, ब्रो काउलीजस्ता भिटामिन सी ले भरिपूर्ण फलको प्रयोग गर्नुपर्छ ।

भिटामिन डी
घामको किरणबाट धेरै समयसम्म टाढा बस्दा पनि विन्टर ब्लुजको शिकार बन्न सक्छ । भिटामिन डी ले शरीरको हड्डी बलियो बनाउने काम गर्छ । दिनभरी एकै ठाउँमा, घामबाट टाढा बसेर काम गर्ने व्यक्तिमा यो रोग धेरै लाग्ने गरेको एक अनुसन्धानमा पत्ता लागेको छ ।

हलुका खाना सेवन गर्नाले पनि यो रोग बाट छुटकारा पाउन सकिन्छ । चिसो मौसममा धेरै खाना रुचाउँछन, जुन कहिलेकाहीँ समस्या बन्न सक्छ ।

जाडो मौसममा प्राय सबैले कार्बोहाइड्रेट बढी भएको खाना मन पराउँछन् । तर गर्मी मौसममा रसिलो र चिसो खाना रुचाउँछन् । जाडोमा पनि गर्मी मौसममा जस्तै खाना खाने हो भने फूर्तिलो र ताजा महसुस गर्न सकिन्छ ।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...