Wednesday 28th October 2026

मेडिकल कलेजलाई कारबाही गर्ने गृहको तयारी


मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि सञ्चालकलाई गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ। गृह स्रोतका अनुसार मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय भएको हो। बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने।मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।

गृह स्रोतका अनुसार सरकारले तोकेकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई बुधबारदेखि पक्राउ गरेर कारबाही गर्ने निर्णय भएको हो। ‘कानुनअनुसार कारबाही गर्ने कुरामा सहमति भयो,’ ती अधिकारीले भने, ‘सरकारले कारबाही गर्ने भनेपछि विद्यार्थीले पनि जाहेरी दिनुपर्छ। प्रशासनमा गएर जाहेरी दिन सकिन्छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत थिए। गृहले यो निर्णय गरेसँगै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालक र मन्त्री पोखरेलबीच अहिले वार्ता चलिरहेको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...