Wednesday 28th October 2026

प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना


तितोपाटी- स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि मंगलबार बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका हुन्। मङ्गलबार बिहान अस्पताल पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल गएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ। हालसम्म उनको चारपटक डायलासिस भएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...