Thursday 29th October 2026

भारतीय दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठ्नुपर्छ: गगन थापा


तितोपाटी-कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो । भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’उनले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थपे, ‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन् । तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...