Tuesday 6th October 2026

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्रका १३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा


तितोपाटी- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको मुद्धामा ११ जना अध्यागमन अधिकृतसहित १३ जना रहेका छन् ।

आरोपित विमानस्थलका कर्मचारीहरुले विदेश पठाउने धन्दा चलाउनेहरुसंगको मिलिमतोमा अबैध प्रतिव्यक्ति १० हजार रुपैया लिएर विदेश प्रस्थान अनुमति दिएको ख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । आयोगले मुद्दा दायर गरेको अध्यागमन अधिकृतहरूमा कमलप्रसाद पराजुली, मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं रहेका छन् । त्यस्तै कम्प्युटर अपरटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपाने पनि मुद्धामा मुछिएका छन् ।

अख्तियारले गरेको अनुसन्धान अनुसार अध्यागमन अधिकृतहरूको ‘कल रेकर्ड’ एवं खुल्न आएका तथ्यमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयका कर्मचारीहरूबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रूपमा प्रस्थान अनुमति दिदा अनियमितता गरी मिलेमतो भए/गरको पाइएकोसमेत अख्तियारले जनाएको बिहिबारको कान्तिपुर दैनिकमा समाचार छ । कर्मचारीहरुले २ सय ४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले हुन आउने कुल रकम बाडीचुडी खाएको आयोगले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...