Saturday 4th May 2024

विदेश भन्दा स्वदेशमा राम्रो कमाई हुने भएपछी,भिसा त्यागेर च्याउ खेती


तितोपाटी- गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा खेमराज जोशी च्याउखेती गर्छन्। जमिन भाडामा लिई स्थानीय युवाहरूसँगको साझेदारीमा उनले च्याउ खेती गर्न लागेको केही समय भयो।

कुनै बेला जोशीले विदेश जानका लागि राहदानी बनाएका थिए।त्यतिबेला काठमाडौंमा भिसाको पर्खाइमा बसेका थिए उनी। काठमाडौंमा त्यतिकै बस्न सम्भव थिएन। उनले एकपल्ट च्याउ खेतीमा काम गर्ने अवसर पाए। जब च्याउ खेतीमा उनको लगाव बस्यो, विदेशमोहनै हराएर गयो।उनले राजधानीमा यस खेतीबारे केही सिप सिके। अनि त्यही सिप लिएर घर फर्किए। भिसाको पखाईमा धेरै समय भइसकेको थियो, त्यस अवधिमा काठमाडौंमै एक जनाले च्याउ खेतीमा काम गर्ने मौका दिए, त्यहाँ च्याउ खेती गर्ने सिप आर्जन भयो, अनि मैले अब विदेसिनु भन्दा यही सिकेको सिप लगेर आफ्नो गाउँ फर्किनु पर्छ र त्यहीँ परिश्रम गर्नुपर्छ भन्ने सोचेँ,’ जोशी भन्छन्।

उनले गाउँमा फर्केर सिकेको सिप प्रयोग गर्न थाले। केही युवाहरूलाई साथमा लिएर काम गरिरहेका उनको अहिले मनग्य आम्दानी हुने गरेको छ।आफ्नो काम र कमाईप्रति आफू सन्तुष्ट भएको बताउँछन् उनी। स्वदेशमै युवाहरूले आम्दानी गर्दा घरपरिवार पनि खुसी छन्। विस्तारै च्याउ खेतीलाई बढाउँदै लैजाने जोशीको योजना छ। ‘अहिले चार टनेलमा एक हजार ६ सय बलमा मात्र छ। अब बजार बढ्दै गरेपछि खेती पनि बढाउँदै जाने सोच छ,’ उनले भने, ‘अहिले त हामीले डडेल्धुरा र बैतडीको खोड्पे लगायतका बजारमा मात्र बिक्री गरिरहेका छौं।’

चार वटा टनेलमा लगाएको च्याउबाट दैनिक एक क्विन्टल भन्दा बढी च्याउ बिक्री गर्ने गरेको उनले बताए।अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र बिस्तारै गोव्रो च्याउको पनि उत्पादन गर्ने योजनामा रहेको बताउँछन् उनी।यसैगरी गन्यापधुरा गाउँपालिका–२ बडालमा पनि अर्का युवा हिरा भण्डारीले जमिन भाडामा लिई च्याउ खेती गरिरहेका छन्। खेतीबाट मासिक एकदेखि दुई लाख रुपैंयाँसम्म आम्दानी हुने गरेको भण्डारीले बताउँछन्।

भण्डारीले पनि अहिले कन्ने जातको च्याउ मात्रै उत्पादन गरिरहेक छन्। प्राविधिक सहयोग पाइएमा गोब्रे च्याउको पनि उत्पादन गर्ने योजना रहेको बताउँछन् उनी।उनीहरुले उत्पादित च्याउलाई बिहानै तकारी पसलहरूमा पुर्‍याउने गर्छन्। उनीहरूले बजारमा व्यापारीलाई प्रतिकिलो दुई सय ५० देखि दुई सय ७० रुपैयाँ सम्ममा बिक्री गर्छन् भने उपभोक्ताले पसलेबाट प्रतिकिलो तीन सय रुपैंयाँ सम्ममा पाउने गर्दछन्।डडेल्धुरा सदमुकाममा तरकारी पसल सञ्चालन गर्दै आएका पनेरुका अनुसार माग अनुसार च्याउको आपूर्ति कम हुने गरेको छ। उनले भने, ‘बजारमा च्याउको माग धेरै छ, कहिलेकाँही त ग्राहक फिर्ता हुने गरेका छन्।’ युवाहरूको मेहनत देखेर गन्यापधुरा गाउँपालिकाले युवा स्वरोजगार लगातयका कार्यक्रममा समेट्ने प्रयास गरिरहेको अध्यक्ष नवलबहादुर मल्ल बताउँछन्।

उनले भने, ‘गाउँपालिकाले मेहनतमा विश्वास गर्ने युवाहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गर्छौं।’यो खबर नेपाल लाईभ मा ललित बोहराले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...