Thursday 29th October 2026

६ हजार घुस सहित मालपोतका कर्मचारी पक्राउ


तितोपाटी-दुई खरिदारलाई प्रहरीले ६ हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी रहेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले २९ असोजमा पक्राउ गरेको हो ।

उनीहरुले जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।साभार रिपोटर्स नेपाल


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...